काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ ।
वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।
बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।
चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ ।
त्यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ ।
अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ ।
इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६०० भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने ४९ हजार ५०० भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।
सम्बन्धित खबर
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग