एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ ।
बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ ।
त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २३ हजार ७९ पुगेको छ भने चौबिस घण्टामा ३९ हजार ६ सय ७८ जना नयाँ संक्रमितहरु थपिएका छन्, सोही अवधिमा (चौबिस घण्टा) विश्वमा १८ सय १ जनाको सो भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुने १८०१ मा इटाली र स्पेनका मात्र १२ सय १० जना रहेका छन् ।
इटालीमा बिहीबार मात्र ७ सय १२ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ सय ४ सय ९८ जनाको ज्यान गएको छ ।
त्यस्तै इरानमा १३७ जनाको मृत्यु भएको छ भने अमेरिकामा ७३ जनाको मृत्यु भएको छ ।
जर्मनी र नेदरल्यान्डसमा क्रमसः ३३ र ७८ जनाको मृत्यु भएको छ ।
इटालीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ पुगेको छ भने स्पेनमा ४ हजार १ सय ४५ पुगेको छ ।
विश्वमा उक्त भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक नै इटाली र स्पेन देखिएका छन् ।
यी दुई मुलुकमा महामारी नियन्त्रण बाहिर जाने संकेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
चीनको उहानबाट सुरु भएको यो महामारी विश्वका करिब २ सय देशमा फैलिसकेको छ । चीनमै भने महामारी नियन्त्रणमा आइसकेको छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’