कोरोनाले इटलीमा एकैदिन ९१९ जनाको मृत्यु, स्पेनमा ७७७ मृतक थपिए, अमेरिकामा ३१२ जनाको ज्यान गयो
काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।
यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।
यस्तै अमेरिकामा एकैदिन ३१२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।
सम्बन्धित खबर
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग