एजेन्सी । विश्व स्वास्थ्य संगठनले ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम रहेको भन्दै सजग गराएको छ ।
विज्ञहरुका अनुसार धुम्रपानका दौरान हातलाई चुरोटसँगै मुखमा जोड्दा संक्रमण फैलने सम्भावना धेरै रहन्छ । चुरोट वा खैनी बाँडेर खाँदा पनि एक मानिसबाट अर्को मानिसमा संक्रमण फैलने जोखिम रहन्छ । त्यस्तै, धुम्रपानले स्वासप्रश्वास प्रणाली कमजोर बनाउँछ ।
चीनमा कोरोना भाइरसको मृत्युदर नियाल्दा महिलाको तुलनामा पुरुषले धेरै ज्यान गुमाएको देखियो, यस्तो हुनु पछाडिको कारण धुम्रपान सेवन पनि हुनसक्ने विज्ञहरु बताउँछन् । चीनमा महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने गर्छन् ।
कोभिड–१९ को संक्रमण भेटिएका अधिकांश चिनियाँ बिरामीमा निमोनिया देखिएको थियो, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्ने व्यक्तिमा निमोनिया हुने जोखिम १४ गुणा बढी रहने तथ्याङ्कले देखाएको छ । फोक्सोको समस्या पनि धुम्रपान गर्नेमा धेरै देखिन्छ, यसले मृत्युको मुखमा धकेल्नसक्छ ।
त्यस्तै, धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्नेमा इन्फ्लुयन्जाको खतरा पनि दोब्बर हुन्छ । क्षयरोगका हकमा धुम्रपान सेवन गर्नेहरु नगर्नेको तुलनामा संक्रमित हुने जोखिम दोब्बर रहन्छ र धुम्रपान गर्नेको मृत्युदर नगर्नेको तुलनामा चारगुणा बढी छ । -एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा