आमा
आज झण्डै चार महिना हुन लाग्याे
कहिल्यै घर नछाेड्ने मान्छे म
आमाबाबाकाे छहारी छाेडेर
केही समस्या
र केही सपनाहरू बाेकेर
याे सपनाहरुकाे खाल्डोभित्र छिरेकाे ।
यतिखेर
समस्याहरुलाई जितेर
सपनाहरुकाे उडान भर्दै गर्दा
नराम्रो सँग
भुँईमा पछारिएकाे छु म
र यत्रतत्र छरालिएका छन
विचरा
अवाेध सपनाहरू ।
अनि म मात्रै हाेइन
सिंगाे देश
सारा संसार
जहाँ थियाे त्यहीँ
टक्क अडिएकाे छ ।
आमादेखि टाढा भएका
यी चार महिना
मेरा लागि चार वर्ष जस्तै
भएका छन मेरा लागि ।
थुप्रैपटक निसास्सिएर
वाथरुमभित्र छिरेर
एक्लै डाँकाे छाेडेर राेयकाे छु म
ताकि वाथरुम बाहिर हुनेहरुले
मलाई
भित्रकाे ” म ” जस्तै कमजाेर नदेखुन ।
आमा
म यतिखेर घर आउन सक्दिन
किनकि
म घर आउँदा
म मात्रै आएँ भने त ठिकै हुन्थ्याे
कहि कसैबाट सरेर
भाईरस पनि अायाे भने मसँग
मेराे त के कुरा
हाम्राे घर
छरछिमेक
र स्वर्गजस्ताे गाउँ पनि
हुनसक्छ तहसनहस ।
म यतिवेला जहाँ छु
जसरी छु
सकुसल छु
एक्लै छु
तर ” वलियाे” छु
फगत स्वार्थ ले गाँसिएका सम्वन्धहरु भन्दा
जसले यहाँ हरेक सहयाेगकाे
प्रतिफल खाेज्छन
र खल्बलाउँछन ” म ” भित्रकाे ” म “लाइ
घरिघरि ।
छाेइहालेछ भनेपनि भाइरसले
म एक्लै लडँला बरु
याे अन्जान सहरमा
जहाँ हरदिन लड्नु छ
जिन्दगी सँग ।
तर मनमनै
पुकारिरहेछ श्री पशुपतिनाथसंग
याे भाइरस
स्वर्ग जस्तो मेराे गाउँ नपसाेस
जहाँ छन मेरा
थुप्रै बुढा बा अामाहरु ।
पसिहाल्याे भने
रामराम हरिहरि जप्नु बाहेक
अरु केही गर्न सकिँदैन ।
मार्च ३० , २०२०
सम्बन्धित खबर
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कविताः पासाङ दिकी
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
पोखरामा खचाखच दर्शकबीच ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’
कवितासङ्ग्रह ‘अङ्कुर’ सार्वजनिक
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’