सुन्दरकुमार थकाली, जोमसोम । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सक्रियताका साथ लागेको छ ।
पालिकाले सोमबारदेखि नेपाली तथा स्थानीय मातृभाषा अर्थात भोट भाषामा कोरोना सम्वन्धि जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ ।
पालिकाले स्थानीयबासीलाई नेपाली तथा मातृभाषा दुबैको अनुकुल हुने गरी अडियो प्रचार-प्रसार अभियानलाई तीव्रता दिएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिए । उनका अनुसार स्थानीय गुरुङ भाषालार्ई ङज्याप भाषा पनि भन्ने गरिन्छ ।
विश्वलाई आतंकित पारेको नोवल कोरोना भाइरस फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारका तर्फबाट गठित समितिको निर्णय अक्षरस कार्यान्वयन गर्न स्थानीय सरकार लागि परेको अध्यक्ष गुरुङले बताए ।
सोमबारदेखि पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले वारागुङ मुक्तिक्षेत्रका गाउँगाउँमा कोरोना सम्वन्धित अडियो बनाउँदै सर्वसाधारणलाई सचेत गराउने काम गरेको पालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । उनले कोरोना नियन्त्रण गर्न पालिका र स्थानीयले समन्वय गरी अघि बढेको उल्लेख गरे ।
पालिकाले देश विदेशमा रहेका मुस्ताङबासीलाई गाउँ नफर्की यथास्थानमा रहन अनुरोध गरेको सूचना अधिकारी सूर्य तिमिल्सिनाले बताए । उनका अनुसार जिल्लाबाहिर रहेका पालिकाबासीलाई गाउँ फर्कने परे अनिवार्य १४ दिन पालिकाले खडा गरेको क्वारेन्टाइनमा बस्नपर्ने समेत जानकारी गराएको छ ।
पालिकाले अडियो टेपमार्फत लक डाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न ,अति आवश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । यस्तै , पालिकाले हुलहुज्जत नगर्न र सामाजिक दुरी कायम गर्न भनेको छ ।
रुखा लाग्दा ,ज्वरो आउँदा, स्वाश प्रश्वासमा समस्या देखिए तुरुन्तै स्वास्थ्य चौकीलाई खबर गर्नसमेत पालिकाले सुझाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान