सुन्दरकुमार थकाली, जोमसोम । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सक्रियताका साथ लागेको छ ।
पालिकाले सोमबारदेखि नेपाली तथा स्थानीय मातृभाषा अर्थात भोट भाषामा कोरोना सम्वन्धि जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ ।
पालिकाले स्थानीयबासीलाई नेपाली तथा मातृभाषा दुबैको अनुकुल हुने गरी अडियो प्रचार-प्रसार अभियानलाई तीव्रता दिएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिए । उनका अनुसार स्थानीय गुरुङ भाषालार्ई ङज्याप भाषा पनि भन्ने गरिन्छ ।
विश्वलाई आतंकित पारेको नोवल कोरोना भाइरस फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारका तर्फबाट गठित समितिको निर्णय अक्षरस कार्यान्वयन गर्न स्थानीय सरकार लागि परेको अध्यक्ष गुरुङले बताए ।
सोमबारदेखि पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले वारागुङ मुक्तिक्षेत्रका गाउँगाउँमा कोरोना सम्वन्धित अडियो बनाउँदै सर्वसाधारणलाई सचेत गराउने काम गरेको पालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । उनले कोरोना नियन्त्रण गर्न पालिका र स्थानीयले समन्वय गरी अघि बढेको उल्लेख गरे ।
पालिकाले देश विदेशमा रहेका मुस्ताङबासीलाई गाउँ नफर्की यथास्थानमा रहन अनुरोध गरेको सूचना अधिकारी सूर्य तिमिल्सिनाले बताए । उनका अनुसार जिल्लाबाहिर रहेका पालिकाबासीलाई गाउँ फर्कने परे अनिवार्य १४ दिन पालिकाले खडा गरेको क्वारेन्टाइनमा बस्नपर्ने समेत जानकारी गराएको छ ।
पालिकाले अडियो टेपमार्फत लक डाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न ,अति आवश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । यस्तै , पालिकाले हुलहुज्जत नगर्न र सामाजिक दुरी कायम गर्न भनेको छ ।
रुखा लाग्दा ,ज्वरो आउँदा, स्वाश प्रश्वासमा समस्या देखिए तुरुन्तै स्वास्थ्य चौकीलाई खबर गर्नसमेत पालिकाले सुझाएको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’