काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको सम्बन्धित अस्पतालले जनाएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दिए ।
उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौकी १९ बर्षिया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए ।
यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ बर्षिय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए ।
उनले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरुको पनि निगरानी गरिरहेको जानकारी दिए । उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार भइहेको छ ।
यसैगरी गत चैत ४ गते बेल्जियम बाट नेपाल आएकी वाग्लुडकी १९ बर्षिया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य पहिलेको भन्दा सुधार रहेर सामान्य अवस्थामा आएको धौवलागिरी अस्पताल वाग्लु मेडिकल सुपरीटेन्डेट डा. शैलेन्द्र विके पोखरेल जानकारी दिए ।
ती युवतीसंगै पोखरा गएका र उनीसंग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौ पठाइसकेको उनले जानकारी दिए ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’