गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
भारत नेपालको नजिकको छिमेकी राष्ट्र । नेपालका २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । १८८० किलोमिटर लामो जमीन भारतीय सीमासँग जोडिएको छ । २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ भन्दा बडि भुभाग भारतीय पक्षबाट मिचिएको छ ।
हामी वीरगंज महानगरपालिका १ छप्कैयामा पूग्दा सीमा स्तम्भ निमार्णका क्रममा आफ्नो नम्बर जग्गा मिचिएका स्थानिएहरु हातमा लालपुर्जा बोकेर बन्दै गरेका स्तम्भ हेरेर बसेका थिए ।
उनिहरुले स्तम्भ निमार्ण गर्ने पुगेका सरोकारवालासँग प्रतिवाद गर्न खोज्दा लालपुर्जा लगाएतका कागज माथी पठाउनु पर्छ भन्दै मागे र स्तम्भ राखे ।
सरोकारवालाहरुले २ देशको पहिलेको सहमति अनुसारनै स्तम्भहरु निर्माण गरेको बताएपनि अहिले सिमा स्तम्भको लागि खनिएका खाडल र सार्वजनिक संरचनाहरु सँगै छन् ।
नयाँ स्तम्भबाट पहिले बनेका सबै संरचना दशगजा भित्र पर्छन । सिरिसिरा खोला सरेसँगै नेपाल र भारतको सिमाना पनि सर्दै सर्दै नेपाल तर्फ आउँछ । अर्थात नेपालको क्षेत्रफल घट्छ र भारतको बढ्छ ।
सिरिसिरा खोलासँगै सर्दै आएका नेपाली अहिलेकै अवस्थामा यी स्तम्भहरु निर्माण भए दशगजा क्षेत्रमा पर्ने छन् र ढुङगो छैन कहाँ पुग्नु पर्ने हो ?
सीमा स्तम्भ राख्ने क्रममा नेपालको भुभाग भारत तर्फ गएको सुचना पुगेको पछि शसस्त्र प्रहरीको टोली घटना स्थलको सुरक्षाको लागि खटिएको छ ।
दुई देशबिच सीमामा हरेक बर्ष सिर्जना हुने समस्या सरकारबाट दिर्घकालीन रुपमानै हुनुपर्छ । देश देश विच हुने सन्धी र सम्झौता प्रतेक नागरीकको हितका लागि हुनुपर्छ ।
दुई देशविचको राजनीतिक खिचातानीको शिकार बर्षौदेखी विना बर्दीका सिपाइ भएरु सीमा रक्षा गरीरहेको नागरीकलाई बनाइनु हुँदैन ।
वीरगन्जस्थीत नेपाल भारत सीमामा सीमा स्तम्भ निमार्णका गर्ने क्रममा ५० बिघा नेपाली भुभाग भारत तर्फ पर्न गएपछि स्थानिय जग्गा धनी मात्रा होइन सिंगो नेपालको ध्यान आकर्षण भएको छ ।
नेपाल भारत संयुतm सीमा सर्वेक्षण टोलिले ३९१ र ३९२ नम्बर अन्तरगतका सहायक सीमा स्तम्भ निमार्ण गर्ने क्रममा बर्षौदेखि नेपालीले भोगचलन गर्दै आएको वीरगन्ज छप्कैयाको ५० बिघा नम्बरी जग्गामा भारतमा पर्न ग्रएको हो । यो बिषयमा देश विदेशमा रहनुभएको हाम्रा धेरै दर्शकले रिपोर्टीङ गर्न आग्रह गरेपछि हाम्रो टिम नै बिहिबार विरगंज पुग्यो ।
हामी यो वीरगंज छप्कैया बजार पुगेर स्थानियहरुसँग यो बिषयमा छलफल ग¥यौँ । आफ्नै जग्गा भारत तर्फ भन्दा बढी चिन्ता देशको सीमा खुम्चीएको मा थियो उनिहरुको ।
आँखै अगाडी जंगे पिल्लर र सहायक पिल्लर नेपालतर्फ सार्दा पनि नेपाल सरकार चुप लाग्दाको आक्रोस उनिहरुको मुहार स्पष्ट थियो ।
नेपाल –भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानियको दाबी छ ।
उनिहरुका अनुसार सीमा सर्वेक्षण टोलीले साविक स्तम्भभन्दा झन्डै ५० मिटरदेखि एक सय मिटरसम्म नेपालभित्रको भूमीमा नयाँ स्तम्भ राखेको छ ।
बर्षौ देखि नेपालीले भोगचलन गर्दै आएको यो जग्गा माटोको थुप्रो मात्रै थिएन, सिमानामा हरेक बर्ष भारतको दादागिरी सहेर नेपालको अस्मीता बचाउने स्वाभीमानी भुमी थियो ।
तर नेपाल भारत संयुतm सीमा सर्वेक्षण टोलिले नै नेपाललाई अन्याय हुने गरी निमार्ण गर्न लागेको छ । २०२२ सालको नापीका बेलादेखि नै बजार छप्कैयाँका बासिन्दाको नाममा रहेको जग्गामा अहिले टोलीले स्तम्भ राखिरहेको छ ।
सिरिसिया खोला पारी पनि नेपालीको जग्गा छ, नेपाली भुमी छ । नेपाल–भारत सीमा व्यवस्थापनका लागि बजार छप्कैयामा पर्ने मूल स्तम्भ (जंगे पिलर) ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९, १०, २७ र २८ नम्बरको सहायक स्तम्भ नेपाली भूभागमा परेका छन् ।
पुस्तौंदेखि लालपुर्जा बोकेर, कर तिरेर भोगचलन गर्दै आएको नम्बरी जग्गा गुमाउनुपर्दा राज्यले नै आँफुहरुलाई अन्याय गरेको स्थानीयहरु बताउँछन् ।
नेपाली भुमी आँखै अगाडी भारतको भएको सहन नसकेर विरोध गर्न खोज्दा नेपाली प्रतिनिधीहरुले देश विरोधी कार्य हुने भन्दै रोके उनिहरुको गुनासो छ ।
नेपाली भुभाग बचाउन खोज्दा देश विरोधी हुन्छ भन्नेहरुले नै देशको माटो बेचिरहेका उनिहरुको आक्रोस छ ।
यसपछि हामीले यो सर्भेमा सहभागी नेपाल सरकारकार। प्रतिनिधीहरुसँग सम्पर्क ग¥यौँ । उनिहरुले दुवै देशको सहमतिअनुसार नक्सांकनको काम भएकाले यसमा भारततर्फका जग्गा पनि नेपाली भूभागमा परेको दाबी गरे ।
यो बिषयमा जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले ‘१८४० को नक्साअनुसार सीमामा स्तम्भ राख्ने कार्य भइरहेको दाबी गरे ।
साथै नेपालतर्फका टोली प्रमुखलाई समस्याबारे जानकारी गराएकाले ‘टोली प्रमुख वीरगन्ज आएपछि सरोकारवाला निकायलाई राखेर स्थलगत निरिक्षण गर्ने जनाए ।
News 24 TV
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गरीब जनता मारमा पार्ने गरी सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
निर्वाचनमा बेहोरेको पराजयपछि समीक्षामा एमाले, पुनर्गठनको तयारी
२०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रधानमन्त्री बालेन शाह र मुख्यमन्त्रीहरूबीच छलफल हुँदै
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री