रोटरी क्लबले नेपाल सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग गर्ने

रोटरी क्लबले नेपाल सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग गर्ने

District-3292-Logo

पोखरा । कोरोना भाइरस (कोभिड-१९) राहत कोषको लागी रोटरी क्लब नेपालले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपालभरका १ सय २४ रोटरी क्लबका सदस्यहरुले नेपाल सरकारको कोरोना रोकथाम कोषका लागी एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

देशका विभिन्न स्थानमा खाद्यान्न, स्वास्थ्य सामग्री, कोरोना सूचना केन्द्र, स्यानिटाइजर, मास्क र अस्पतालहरुलाई समेत पिपिई प्रदान गर्दै आइरहेको रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिष्ट्रिक़्ट गर्भनर किरणलाल श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकारलाई कोरोना रोकथाम कार्यक्रमको लागी उक्त रकम सहयोग गर्न लागेको गभर्नर श्रेष्ठले बताए ।

देशभरका क्लबहरुले स्थानीय सरकार र अस्पतालसंग मिलेर आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ