एजेन्सी । अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै एप्पलले ल्याउने नयाँ आइफोनको नाम आइफोन एसइ २०२० हुने दाबी गरेको छ ।
नाइन टू फाइभ म्याकको रिपोर्टअनुसार, एप्पलले २०१६ मा बजारमा ल्याएको सस्तो मूल्यको आइफोन एसइकै नयाँ संस्करणको रुपमा एसइ २०२० रहनेछ ।
के के हुनेछन् फिचर्स ?
एप्पलको अफिसियल अनलाइन स्टोरमा आइफोन स्क्रिन प्रोटेक्टरको सूची दिइएको छ । जसबाट पनि एप्पलको नयाँ फोनको नाम आइफोन एसइ नै हुने देखिन्छ । उक्त स्क्रिन प्रोटेक्टरलाई आइफोन सेभेन र आइफोन एटमा पनि प्रयोग गर्न सकिनेछ । यसबाट के पुष्टि हुन्छ भने नयाँ आइफोन एसइ मा ४.७ इन्चको डिस्प्ले हुनेछ ।
रिपोर्टअनुसार, नयाँ आइफोनमा २ सय ५६ जिबी सम्मको स्टोरेज उपलब्ध हुनेछ ।
आइफोन एसइ २०२० तिनवटा रङमा आउनेछ । जसमा कालो, सेतो र रातो हुनेछन् । यसमा आइफोन ११ मा प्रयोग गरिएको A13 बायोनिक चिपसेट प्रयोग हुनेछ ।
एप्पलको सस्तो आइफोनको रुपमा आउने आइफोन एसइ २०२० को मुल्य ३ सय ९९ डलर हुने बताइएको छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा