एजेन्सी । विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । सोमबार साँझसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख ४६ हजार ९ सय ४७ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७४ हजार ७ सय २ पुगेको छ । दुई लाख ७८ हजार ६ सय ९८ जना निको भएका छन् ।
आइतबार मृतकको संख्या घटेर केही आशा जागेको इटलीमा सोमबार फेरि मृत्यु हुनेको संख्या एक सय जनाले बढेको छ । सोमबार इटलीमा छ सय ३६ जनाको मृत्यु भएको छ, जबकी आइतबार पाँच सय २५ जनाको मृत्यु भएको थियो । इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ ।
यहाँ संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ, सोमबार एकै दिन तीन हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ ।
स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । यहाँको न्युयोर्क शहरमा मात्र चार हजार सात सय ५८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या १ लाख ३१ हजार आठ सय १५ पुगेको छ । न्युयोर्कपछि बढी प्रभावित हुने राज्यमा न्युजर्सी रहेको छ ।
पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको कारण फ्रान्समा भयावह अवस्था देखिएको छ । सोमबार एकै दिन फ्रान्समा आठ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण देखिएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो ।
फ्रान्समा मृत्यु हुनेको संख्या अब आठ हजार नौ सय ११ पुगेको छ । इटली र स्पेनपछि युरोपमा कोभिड १९ को असर फ्रान्समा देखिएको छ ।
बेलायतमा मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।
जर्मनीमा संक्रमित संख्या एक लाख तीन हजार तीन सय ७४ र मृतक संख्या एक हजार आठ सय १० पुगेको छ । इरानमा मृतक संख्या तीन हजार सात सय ३९ पुगेको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु