काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् ।
त्यसमध्ये महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ । महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् । तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।
मध्यप्रदेशमा अहिलेसम्म संक्रमितको संख्या चार सय ११ पुगेको छ । तर, यो राज्यमा मृत्यु हुने मानिसको संख्या भने ३३ पुगिसकेको छ । अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन