एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शुक्रबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख १ हजार ५ सय २६ पुगेको छ । त्यस्तै संक्रमित हुनेहरुको संख्या १६ लाख ७५ हजार ७ सय ६७ पुगेको छ । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय १८ जनाको ज्यान गएको छ भने योे सहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ९ पुगेको छ । त्यहाँ संक्रमित हुनेहरुको संख्या ४ लाख ८८ हजार ९ सय ८० पुगेको छ । त्यस्तै शुक्रबार फ्रान्समा ९ सय ८७ जनाको मृत्यु भएको छ भने बेलायतमा ९ सय ८० जनाको मृत्यु भएको छ ।
फ्रान्समा योसहित मृत्यु हुनेको संख्या १३ हजार १ सय ९७ पुगेको छ भने बेलायतमा ८ हजार ९ सय ५८ पुगेको छ । फ्रान्समा कूल संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ जना पुगेको छ भने बेलायतमा ७३ हजार ७ सय ५८ जना पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७० जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मर्नेको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यहाँ कूल संक्रमित संख्या १ लाख ४७ हजार ५ सय ७७ रहेको छ । शुक्रबार अमेरिका र इटालीमा मृत्यु हुनेहरुको कूल संख्या बराबरीको हाराहारीमा पुगेको छ । अमेरिकामा संक्रमितहरुको तिब्रता बढिरहेकोले केही घण्टामै इटालीको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ । संक्रमित हुनेहरुको कूल संख्यामा भने अमेरिका केही हप्ता यता सबैभन्दा अघि नै रहेको छ ।
त्यस्तै, स्पेनमा चौबिस घण्टामा ५ सय २३ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या १५ हजार ९ सय ७० पुगेको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ५७ हजार ५३ पुगेको छ । यता, युरोपकै अर्को मुलुक बेल्जियममा पनि मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बेल्जियममा २४ घण्टामा ४ सय ९६ जनाको मृत्यु भएको छ भने योसहित त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । संक्रमितहरुको संख्या त्यहाँ २६ हजार ६ सय ६७ रहेको तथ्याँक संकलक साइट वल्ड्रो मिटरले जानकारी दिएको छ । अहिलेसम्म विश्वका २ सय १० देशमा संक्रमण फैलिइसकेको छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ