काठमाडौं । बुधबारदेखि सुरु गर्ने भनिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल स्थगित हुन पुगेको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईनले लकडाउन लम्बिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए । जसले गर्दा अहिले क्रिकेट लिग गर्ने कुनै अवस्था छैन ।
यद्यपि, बीसीसीआईले आईपीएल स्थगितबारे अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन । उसले विभिन्न स्टेकहोल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरहरूसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
एक फ्रेन्चाइज अफिसियलले यसबारे जानकारी दिएको समेत टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । ‘बीसीसीआईले हामीलाई तत्कालको लागि आइपीएल स्थगित भएको जनाएको छ । तर उनीहरू यही वर्षको अन्त्यमा आईपीएल गर्न विन्डो पाउनेमा आशावादी छन् ।
बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाह भारत सरकारको निर्णय कुरिरहेको अवस्थामा सरकारले मे ३ सम्मका लागि लकडाउनको समय बढाएपछि अप्रिल/मेमा आईपीएल हुने सम्भावना टरेको हो ।
बीसीसीआई अध्यक्ष गांगुलीले बारम्बार देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने भन्दै आएका छन् ।
भारतमा अहिलेसम्म १० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । ३ सय ७७ को ज्यान गइसकेको छ ।
आईपीएलको १३ औं संस्करण सुरुमा मार्च २९ देखि मे २४ सम्म हुने तय थियो । तर विश्वभर कोरोना महामारी फैलिएपछि र भारत सरकारले विदेशीको भिसा रोकेपछि बीसीसीआईले मार्च १३ मा आईपीएल स्थगन गर्दै अप्रिल १५ मा गर्ने जनाएको थियो ।
आईपीएलका लागि अब सेप्टेम्बर/नोभेम्बरको विकल्प बाँकी छ । त्यसका लागि क्रिकेट अस्ट्रेलिया र आईसीसीले अक्टोबर/नोभेम्बरमा हुने टी–२० विश्वकपको मिति सार्न सहमति जनाउनु पर्नेछ ।
अस्ट्रलिया सरकारले ६ महिना भ्रमणका लागि रोक लगाएको छ । र, त्यो पनि सेप्टेम्बर अन्तिममा सकिँदैछ । जसले गर्दा अक्टोबर नोभेम्बरमा टी–२० विश्वकपका लागि सहज हुनसक्ने अनुमान गरिएको छ ।
अर्को विकल्प भनेको आईपीएल सेप्टेम्बरदेखि अक्टोबर सुरुसम्म गरेर ६ हप्तामै सकाउनुपर्नेछ । त्यसका लागि एसिया कप नहुने सम्भावना बढी हुनेछ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु