काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या २० लाख नौ सय ८४ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या छ लाख नौ हजार नाघेको छ ।
त्यस्तै, स्पेनका १ लाख ७७ हजार र इटालीका एक लाख ६२ हजारमा पनि कोरोनाको संक्रमण भेटिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख २८ हजार ७१ पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । स्पेनमा पनि १८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
विश्वभर अहिलेसम्म पाँच लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । निको हुनेमा सबैभन्दा धेरै चीनमा ७८ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् भने जर्मनीमा पनि ७२ हजारभन्दा बढी निको भएका छन् । स्पेनमा पनि ७० हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन