स्याङ्जा । स्याङ्जाका पाँच सय ३४ जनामा गरिएको कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ देखिएको छ ।
विदेशबाट फर्केर क्वारेन्टाइनमा बसेका ९८ जनालाई पीसीआर प्रविधि र होम क्वारेन्टाइनमा बसेका चार सय ३६ जनालाई आरडिटी प्रविधिद्वारा कोरोना परीक्षण गरिएको थियो ।
पुतलीबजार नगरपालिका–४०, भीरकोट नगरपालिका–४०, वालिङ नगरपालिका–७७, गल्याङ नगरपालिका–३५, चापाकोट नगरपालिका–७७ फेदीखोला गाउँपालिका–३३, आँधीखोला गाउँपालिका–११, हरिनाश गाउँपालिका–४४, बिरुवा गाउँपालिका–२८, अर्जुनचौपारी–५१ गरी जम्मा चार ३६ जनाको आरडिटी परीक्षण गरिएको थियो ।
फेदीखोला गाउँपालिका–१५, पुतलीबजार नगरपालिका–२, वालिङ नगरपालिका–१३, गल्याङ नगरपालिका–१४, कालीगण्डकी गाउँपालिका–२०, अर्जुनचौपारी गाउँपालिका–१८ र चापाकोट नगरपालिका–१९ गरी जम्मा ९८ जनाको पिसीआर प्रविधिद्वारा कोरोना संक्रमण परीक्षण गरिएको थियो ।
स्याङ्जामा आरडिटी प्रविधिद्वारा परीक्षण गत चैत २८ गतेबाट सुरु गरिएको हो । जिल्लाका १० वटा स्थानीय तहमा आरडिटी प्रविधिद्वारा परीक्षण गरिएको हो । तर, कालीगण्डकी गाँउपालिकामा भने यो विधिद्वारा कोरोना संक्रमण परीक्षण गरिएको छैन । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेका छन् ।
आरडिटीः¥यापिड डायग्नोस्टिक टेस्ट (द्रूत परीक्षण) र पीसीआरः पोलीमरेज चेन रीयक्सन (स्वाब) कोरोना परीक्षण विधि हो । आरडिटी प्रविधिमा भाइरसले निकालेको जिन, प्रोटिन हेरिन्छ भने पीसीआर प्रविधिमा भाइरस बिरुद्द शरीरले निकालेको एन्टिबडी हेरिन्छ ।
हाल सम्म गरिएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आउनु सुखद भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘संक्रमणको माहामारी हामी आज सम्म सुरक्षित छौं,’ उनले भने, ‘संक्रमण जुटेर होइन, फुटेर नियन्त्रण गर्नुपर्छ ।’ उनका अनुसार सामाजिक दूरी कायम गर्न सके कोरोना संक्रमणलाई परस्त गर्न सजिलो हुनेछ ।
स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जिल्लामा आरडिटी प्रविधिद्वारा परीक्षण गर्न केही बाँकी रहेको बताए । वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा परीक्षण जारी रहेको उनले बताए ।
जिल्लामा करिब ६ सय जना विदेशबाट फर्किएका नागरिकको तथ्याङ्क आफूहरुसँग रहेकाले सबैमा आरडिटी प्रविधिद्वारा परीक्षण गरेरै सक्ने उनले बताए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु