तनहुँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भारस (कोभिड–१९) को सङ्क्रमण पत्ता लगाउन तनहुँका टोल–टोलमा पुगेर आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) विधिबाट दुर्त परीक्षण गरिएको छ ।
आइतबारदेखि शुरु भएको दुर्त परीक्षणका क्रममा बिहीबारसम्म ४ सय ७३ जनामा परीक्षण गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
विदेशबाट फर्किएर घरमा बसिरहेकाहरुमा कोरोना जाँच गर्नका लागि जिल्लाका दश वटै स्थानीय तहका टोल–टोलमा दुर्त परीक्षण भइरहेको छ ।
परीक्षण गरिएकामध्ये सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २२ पुरुष र ५१ महिला छन् ।
कोरोना परीक्षणका लागि सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् ।
‘टोल-टोलमा पुगेर कोरोना जाँच गर्ने व्यवस्था मिलाइएका छौ’ प्रमुख अधिकारीले भने, ‘कतिपयको भने घरमै पुगेर पनि कोरोना जाँच गरिएको छ ।’
स्थानीय तहका वडाका अध्यक्षहरुले कोरोना जाँचका लागि सहजीकरण गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तनहुँको व्यास नगरपालिकाका ९१, भानु नगरपालिकाका ४१, शुक्लागण्डकी नगरपालिकाका ६७, भीमाद नगरपालिकाका ७२, म्याग्दे गाउँपालिकाका ३६, बन्दिपुर गाउँपालिकाका १५ र आँबुखैरेनी गाउँपालिकाका १४, देवघाट गाउँपालिकाका ३४, घिरिङ गाउँपालिकाका ४० र ऋषिङ गाउँपालिकाका ६२ जनाको परीक्षण भइसकेको छ ।
गण्डकी प्रदेश सरकारले परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएपछि जिल्लाका सबै स्थानीय तहमा र्यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ ।
गण्डकी प्रदेश सरकारले जिल्लाका लागि ६ सय ४२ थान किट पठाएको छ । स्वास्थ्य कार्यालयले भानु नगरपालिकालाई ६०, व्यास नगरपालिकालाई १ सय २०, शुक्लागण्डकी नगरपालिकालाई १ सय, भीमाद नगरपालिकालाई ८५, म्याग्दे गाउँपालिकालाई ४०, घिरिङ गाउँपालिकालाई ४५, ऋषिङ गाउँपालिकालाई ६५, देवघाट गाउँपालिकालाई ३०, बन्दीपुर गाउँपालिकालाई २५, आँबुखैरेनी गाउँपालिकालाई २५ थान किट उपलब्ध गराएको छ ।
विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने र त्यसका लागि सम्बन्धित स्थानीय तहबाट तालीम प्राप्त स्वास्थ्यकर्मी खटाइएको छ । अधिकारीका अनुसार विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको द्रुत परीक्षण गरिनेछ ।
गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै दु्रत परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ ।
द्रुत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । दु्रत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कोभिड–१९ को आशङ्कामा जिल्लाका हालसम्म पाँच जनाको स्वाब परीक्षण गरिएको छ । भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका एक÷एक जनाको स्वाब परीक्षण गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विदेशबाट फर्किनेको संख्या ७५४
चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ७ सय ५४ छ । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८२, व्यास नगरपालिकामा १ सय ६९, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् ।
स्थानीय तहको क्वारेन्टाइन खाली
विदेशबाट फर्किएकालाई राख्न जिल्लाका स्थानीय तहले बनाएको सबै क्वारेन्टाइन खाली छन् । विदेशबाट फर्किएकालाई निगरानीमा राख्नका लागि जिल्लाका दश वटा स्थानीय तहले क्वारेन्टाइन बनाएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शुन्य छ ।
जिल्लाभर कूल १ सय ७६ शैय्याको क्वारेन्टाइन बनाइएको छ । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा दुई जना बसेपनि उनीहरु हालै स्वास्थ्य परीक्षणपछि घर फर्किएका छन् । हाल उक्त क्वारेन्टाइनमा कोही पनि छैनन् ।
देवघाट गाउँपालिकाले धर्मार्थ अस्पतालमा बनाएको क्वारेन्टाइनमा एक जना मात्रै छन् । भारतबाट तीन दिनमा हिँडेरै देवघाट आइपुगेका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
तनहुँको व्यास नगरपालिकाले १३, भानु नगरपालिकाले २०, शुक्लागण्डकी नगरपालिकाले २३, भीमाद नगरपालिकाले १०, म्याग्दे गाउँपालिकाले ५, बन्दीपुर गाउँपालिकाले २८ र आँबुखैरेनी गाउँपालिकाले १० ऋषिङ गाउँपालिकाले २०, घिरिङ गाउँपालिकाले २५, देवघाट गाउँपालिकाले २० श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् ।
४६ श्ययाको आइसोलेसन
जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा छ ।
जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?