धनुषा । लकडाउनको कारण पीडामा परेको परिवारलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा स्थानीय तहका जनप्रतिनिधिले कार्यालय तोडफोड गरेका छन् ।
राहत वितरणको विषयमा विवाद हुँदा धनुषाको धनौजी गाउँपालिका कार्यालय जनप्रतिनिधिले नै तोडफोड गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष बद्री सिंह र वडा नम्बर ३ का अध्यक्ष रामदुलार मण्डल पक्षका व्यक्तिहरूबीच विवाद भएपछि गाउँपालिकाको कार्यालयमा तोडफोड भएको हो । तोडफोडबाट कार्यालयभित्रको पार्टिसनमा क्षति पुग्नुका साथै एक दर्जन प्लाष्टिकका कुर्सी भाँचिएको अध्यक्ष सिंहले जानकारी दिए ।
अध्यक्ष सिंहलाई वडाध्यक्ष पक्षधरले केहीबेर कार्यालयमै थुनेका थिए । घटनालगत्तै सुरक्षाकर्मी पुगेपछि उनीहरुबीचको विवाद साम्य भएको थियो । अध्यक्ष सिंहले वडाध्यक्षसँग चर्काचर्की सुरु गरेपछि झडपको स्थिति सृजना भएकोले आफुहरु बाहिर निस्केको एक कर्मचारीले बताए ।
वडाध्यक्ष मण्डलले राहतका लागि ९ सय २६ जनाको विवरण लिएर आएपछि विवाद सृजना भएको थियो । विवरणमा सर्वदलीय समितिमा रहेका पार्टी प्रतिनिधिको हस्ताक्षर नरहेको अध्यक्ष सिंहको भनाई छ । नाम विवरणमा प्रतिनिधिको हस्ताक्षर नरहेको भन्दै वडाध्यक्षले ल्याएको कागजहरु अध्यक्ष सिंहले फालिदिएपछि झडप भएको थियो ।
यता, वडाध्यक्ष मण्डलले राहत वितरणका लागि विवरण लिएर गाउँपालिका कार्यालयमा पुग्दा अध्यक्ष सिंहले बेवास्ता गरेको र पीडित परिवारको नाम सहितको विवरण फाइल फालेपछि विवाद भएको बताए । गाउँपालिकाका अध्यक्ष सिंह नेपाली काङ्ग्रेसका कार्यकर्ता हुन् भने वडा अध्यक्ष मण्डल नेकपाका कार्यकर्ता हुन् ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन