काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
यससँगै बहराइनमा कोरोना संक्रमित नेेेपालीको संख्या ४९ पुुगेको छ ।
त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।
बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।
दूतावासका दामोदर दाहालका अनुसार फरक-फरक श्रमिक क्याम्पमा बसेकाहरुमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको बताए । दूतावासले संक्रमित कामदारहरूको परिचय र उनीहरु काम गर्ने कम्पनीहरूको नाम गोप्य राखेको छ ।
‘कोही सँगै बस्नेहरु संक्रमित भएका छन्, कोही संक्रमितलाई भेटेकाहरु पनि छन्,’ दाहालले भने,’यहाँको ट्रेसिङ र स्क्रीनिङ सिस्टम ज्यादै राम्रो छ । यहाँ आशंका गरिएकालाई तुरुन्तै स्तरीय तवरमा क्वारेन्टाइन गरेर परीक्षण गरिने भएकाले विरामी छ भने भेटिहाल्ने अवस्था छ ।’
दाहालले बहराइन खाडी मुलुकभित्रको भ्रमणको लागि आकर्षक गन्तब्य भएको र यहाँ कार्यरत नेपालीहरुले विदेशबाट आएकाहरुलाई आतिथ्यता दिनुपर्ने कारणले नेपाली संक्रमित धेरै भएको हुनसक्ने बताए ।
‘यहाँ संक्रमण भएपछि उपचार पनि निकै राम्रोसँग हुन्छ, विश्व स्वास्थ्य संगठनले नै बहराइनको उपचार शैलीको प्रशंसा गरेको छ,’ उनले भने,’बिरामीहरुलाई कुनै प्रकारको खतरा हुँदैन भन्ने हाम्रो विश्वास छ ।’
दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन