बागलुङ । आगलागीमा परेर घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
घर आगलागीमा परेर छोरा गुमाएका एक वडाध्यक्षको बुधबार हृदयघात भएर मृत्यु भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आगलागीमा परेर ज्यान गुमाएका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदयघातबाट मृत्यु भएको हो । आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए ।
बुधबार नवौं दिनमा किर्तपुरको सामुदायिक अस्पतालमा उपचार गराइरहेका बाग्लुङ्ग वरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष खनालको ह्रदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
४७ वर्षीय खनालको शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा साढे दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।
खनालकी श्रीमती रुपा खनाल पनि सोही अस्पतालमा उपचार गराइरहेकी छन् । वडाध्यक्ष खनालको निधन प्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन वरालले दुख ब्यक्त गरेका छन् ।
मन्त्री ज्ञवाली घाईते खनाल दम्पत्तीलाई भेट्न अस्पताल पुगेका थिए । उनी तत्कालीन नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा