काठमाडौं । सरकारले कोरोनाको आर्थिक प्रभाव न्यूनीकरण गर्न थप आर्थिक प्याकेज ल्याएको छ ।
यस अघि व्यवसायीक कर्जामा दुई प्रतिशतको ब्याज छुटसहित कर्जा भूक्तानीको समयावधी लम्ब्याउँदै राहत प्याकेज ल्याएको सरकारले पछिल्लो समय व्यवसायीक करको तिर्ने समय थप गरेको छ ।
यस अघि अर्थमन्त्रालयले मन्त्रिपरिषदलाई कर तिर्ने समय थप गर्न प्रस्ताव गरेकोमा विहिबार मन्त्रिपरिसदले उक्त प्रस्ताव सदर गर्दै कर तिर्ने समय थप गरेको हो ।
मन्त्रीपरिसदको निर्णयले मूल्य अभिबृद्धिकर फागुन र चैत महिनाको मासिक, माघ फागुनको व्दिमासिक, र दोस्रो चैत्र मासिकको कर दाखिला जेठ २५ गतेसम्म गर्न सकिने व्यवस्था गरेकोे छ ।
यस्तै कर फिर्ताको निवेदन दिने अवधि समाप्त भएमा जेठ २५ गतेसम्म त्यस्तो निवेदन दिन सकिने व्यवस्था समेत मन्त्रिपरिषदले गरेको छ ।
यसमा फागुन चैत महिनाको अग्रिम करकट्टी र अग्रिम कर असुलीको विबरण बुझाउने समय पनि जेठ २५ गतेसम्मलाई तोकिएको छ ।
यस अघिको निर्णयले बैशाख २५ गतेसम्म कर तिर्ने समय थप गरेको थियो । सोही मितिसम्म लकडाउन थपिएपछि समय थप गर्न प्रस्ताव गरिएको थियोे । सोही प्रस्ताव माथि छलफल गर्दै मनित्रपरिषदले कर तिर्ने अवधी जेठ २५ गते सम्म थप्न सकिने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै मन्त्रीपरिसदले चालु आर्थिक वर्षको संसोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम जेठ मसान्तसम्म दाखिला गर्न सकिने व्यवस्थाको समेत निर्णय गरेको छ ।
यता कर अधिकृतले निर्धारण गरेको अन्तशुल्कमा चित्त नबुझेको अवस्थामा भने प्रशासकीय पुनराबलोकनको निवेदन लकडाउन खुला भएको मितिले १५ दिन भित्र दिन सकिने व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो