काठमाडौ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकार निस्काशन तथा तलब कटौती नगर्न सम्बन्धित सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नका साथै तलबसमेत कटौती गरेका अवस्थामा फोनिजले त्यसो नगर्न आग्रह गरेको हो ।
भिडियो कन्फ्रेन्समार्फत आज साँझ बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई विशेष राहत प्याकेज दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङले बताए ।
“नेपालमा लागू गरिएको लकडाउनको मार अहोरात्र खटिने श्रमजीवी पत्रकारमासमेत परेको छ”, उनले भने, “जनतालाई सुसूचित गराउने पत्रकारको प्रोत्साहनका लागि भए पनि विशेष राहत प्याकेज उपलब्ध गराउन जरुरी छ ।”
बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ ।
सञ्चारगृहले उपलब्ध गराएको परिचयपत्रका आधारमा पत्रकारलाई निर्बाध समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग तथा सङ्कटका घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्नेलगायत निर्णय गरिएको छ ।
लकडाउन पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठनका सबै प्रदेश समितिलाई भर्चुअल बैठक गर्न आग्रहसमेत गरिएको फोनिजका महासचिव मनोज घर्ती मगरले जानकारी दिए ।
बैठकमा फोनिजका सातै प्रदेश प्रमुखले आआफ्ना क्षेत्रमा गरिएका क्रियाकलापबारे मौखिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन