काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् ।
समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् ।
अमेरिकामा अहिलेसम्म ११ लाख ५८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
त्यस्तै स्पेनमा अहिलेसम्म दुई लाख १७ हजार र इटालीमा दुई लाख १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या पनि दुई लाख ४७ हजार नाघेको छ ।
अहिलेसम्म दुई लाख ४७ हजार चार सय ७३ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा अहिलेसम्म् ६७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने इटाली र बेलायतमा पनि अहिलेसम्म २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
स्पेनमा पनि २५ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर ११ लाख २५ हजार भन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।
अमेरिकामा एक लाख ८० हजार मानिस निको भएर घर फर्किएका छन् भने जर्मनीमा एक लाख ३० हजार संक्रमित निको भएका छन् ।
स्पेनमा एक लाख १८ हजार मानिस निको भएर घर फर्किएका छन् । इटालीमा ८१ हजारभन्दा धेरै निको भएका छन् ।
सम्बन्धित खबर
ब्राजिलमा बाढीका कारण ७५ जनाको मृत्यु, १०३ जना बेपत्ता
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग