काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ ।
सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।
विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्नु अनिवार्य गरिएको छ ।
साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने बताइएको छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए ।
पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । त्यसैले वुहानले पनि बुधबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
यसअघि नै बिस्तारै वुहानमा प्रतिबन्ध हट्दै आएको थियो । बुधबार बुहानमा ५७ हजार आठ सय विद्यार्थीहरु विद्यालय फर्किने बताइएको छ । एक सय २१ विद्यालयहरु खुल्नेछन् ।
बुधबार चीनमा केवल दुई नयाँ संक्रमित फेला परेका छन् । यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८८३ पुगेको छ ।
साथै यसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३३ पुगेको छ । चीनमा अब तीन सय ५० भन्दा पनि कम बिरामी बाँकी निको हुन बाँकी छन् । जसमध्ये २६ जनाको अवस्था गम्भीर छ ।
यद्यपि चीनको तथ्यांकमा भने विभिन्न किसिमको आशंका व्यक्त गरिँदै आएको छ । विशेषगरी अमेरिकाले चीनले वास्तविक संख्या लुकाइरहेको बताउँदै आएको छ ।
स्रोत : बीबीसी
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर