काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए ।
अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना टास्क फोर्स बनाएको थियो । उपराष्ट्रपति पेन्सले पनि केही हप्ताभित्रै टास्कफोर्स खारेज हुने बताएका छन् ।
हाल अमेरिकामा दैनिक औसत २० हजार जनामा कोरोना संक्रमित थपिइरहेका छन् भने दैनिक औसत एक हजार जनाको मृत्यु भइरहेको छ । अमेरिकामा अहिले १२ लाख तीन हजार पाँच सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७१ हजार २२ जनाको मृत्यु भएको छ ।
कोरोना टास्क फोर्स खारेजको विषयमा पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले कोरोनाविरुद्धको लडाइँ भने अझै नसकिएको बताए । उनले भने, ‘मिसन त्यतिबेला पूरा हुन्छ, जतिबेला कोरोना सकिन्छ ।’
अमेरिकाले अब अर्थ व्यवस्था उकास्ने काम गर्न अर्को टास्क फोर्स बनाउने तयारी गरेको छ र त्यसको नेतृत्व ट्रम्पका ज्वाइँलाई दिने तयारी भइरहेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरूले लकडाउन गरे पनि अमेरिकाले गरेको छैन । ट्रम्पका आलोचकले अर्थतन्त्र खुला गर्ने नाममा नागरिकको जीवन जोखिममा पारेको बताउँदै आएका छन् । ट्रम्पले भने अमेरिकालाई अझै पाँच वर्षसम्म बन्द गर्न नसकिने बताएका छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन