गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । लकडाउनका बीच चलाखीपूर्ण ढंगले भारतबाट पोखरा भित्रन सफल भएका अभिषेक बस्नेत आफू बसेककै घरमा प्रहरी आएपछि तेस्रो तल्लाबाटै हामफाले । सोलुखुम्बुका २३ वर्षका बस्नेत परिवार पोखरा महानगरपालिका–८ ईन्द्रपुरी टोलमा बस्छन् । आमाबाबुले भाडामा लिएको कोठामा मंगलबार बिहान ९ बजे आइपुगेका थिए । भारतबाट युवा पोखरा आइपुगेको थाहा पाएपछि स्थानीयवासीले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए। त्यसपछि पोखरा ८ का वडाध्यक्ष रूद्रनाथ बराल प्रहरी टोलीसहित बस्नेत बसेको घर पुगेका थिए ।
गेट खोल्ने बित्तिकै प्रहरीले समातेर क्वारेन्टाइन लैजाने डरले उनी तीन तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरे । तर उनी उम्कन भने सफल भएनन् । बरु आफैं घाइते भएर अस्पताल पुग्नुप¥यो । माथिबाट हामफाल्दा बस्नेत तल टिनमा परेका थिए। उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ । प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेपछि उनले सञ्चारकर्मी सामु आफूबारे बेलिबिस्तार लगाएका थिए ।
उनी करिब ३ महिना अगाडि भारतको कर्नाटक गएका थिए । कोरोना संक्रमणले महामारीले उग्ररुप लिँदै गएपछि विभिन्न देशमा लकडाउन सुरु भयो । नेपालसहित भारतमा पनि भयो । बैंगलुरूमा काम गरिरहेका उनको काम बन्द भयो । त्यसपछि नेपाल जाने सुर कसे । लकडाउनको समयमा उनले निकै सास्ती खेपे । कर्नाटकबाट अत्यावश्यक सेवाका गाडी र पैदल नै समेत नेपालको सीमावर्ती बिहारमा आईपुगे । अभिषेक भारतबाट आउने क्रममा बिहारको क्वारेन्टाइमा समेत बसेका थिए । तर उक्त क्वारेन्टाइबाट ३ सय नेपाली भागेका थिए । जसमा अभिषेक पनि एक हुन् । उनी १२ दिन लगाएर लुक्दै छक्याउँदै पोखरा आइपुगेका हुन् । रक्सौल आसपासको चोरबाटोबाट नेपाल छिरेका बस्नेत तरकारी बोकेको गाडीमा खलासी बनेर पोखरा छिरेका हुन् ।
सीमामा भारतीय प्रहरीलाई पाँच सय आईसी घुस खुवाउँदै आएको, कति ठाउँमा पिटाई खानुपरेको समेत उनले सुनाए । भारतीय प्रहरीको भाटा सम्झेर यहाँ पनि प्रहरीदेखि भाग्न खोजेको उनले प्रतिक्रिया दिए ।
उनको गण्डकी अस्पतालमा उपचार गराएर पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानमा लगेर श्वाब संकलन गरिएको छ । स्वाब परीक्षणको रिपोर्ट बुधबार मात्र आउने प्रतिष्ठानले जानकारी दिएको छ । अहिले उनलाई क्वारेन्टाइनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो