गाेरखा, ७ माघ : गाेरखा क्षेत्र न २ प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले अाफुले पाउने तलव भत्ता नलिइ हरेक महिना प्रत्येक वाडलार्इ समाज सेवाका रूपमा वितरण गर्ने घाेषणा गरेका छन् । नेपाली कांग्रेसबाट प्रदेश सभा (ख) बाट निर्वाचिति सांसद दवाडिलेले सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन्।
अाज पाखेरामा प्रदेश सभा सदस्यकाे पद तथा गोपनीयताको शपथग्रहण लिएसँगै उनले यस्ताे बताएका हुन्। उनले समाजिक सञ्जालमा लेखेका छन् ‘मैले आफूले पाउने तलव भत्ता आफूले नलिई हरेक वार्डलाई समाज सेवाको रूपमा वितरण गर्ने घोषणा गरेको छु । यो सपथ मैले लिइरहदा तपाईं आम मतदातालाइ छातीमा राखी मन वचन र कर्मले मेरो समाज प्रतिको उत्तरदायित्वलाई झनै सशक्त बनाइ तपाईको घरघर आगनआगन सम्म पुर्याउने प्रण गर्दछु । यहाँ सम्म पुर्याइदिनुहुने तपाईं मतदातालाइ म कसरी भुल्न सक्छु होला र ? तपाईंको आशा निराशामा कहिलेइ बदलिने छैन । तपाइहरु सबैलाइ मेरो नमन ।’
आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उनले भने, ‘मेरो जीवन यापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु।’ उनले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा वडाहरूमा लागि खर्च गर्ने बताए । वैंदेशिक राेजगारीमा लामो समय जापन बसेका दवाडीले अाफुले कमाइ गरेकाे १० प्रतिशत समाजिक सेवामा खर्च गर्ने घाेषणा समेत गरेका थिए ।
२०३२ सालमा गोरखाको अजिरकोट गाउँपालिका-४ सिम्जुङ्गमा जन्मेका दवाडीले सात कक्षा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्य लिएर राजनितिक यात्रा शुरु गरेका थिए । राजनीतिक यात्रालाइ अगाडी बढाउदै गर्दा उनी कांग्रेसको साधारण सदस्य बने । सामाजिक कार्यमा संलग्न हुदै आएका उनी हाल नेपाली कांग्रेसका महासमिति सदस्य छन् । पैसाकाे अाडमा राजनितिमा अगि बढेकाे भन्दै अाराेप समेत उनमा छ ।
egorkhakhabar बाट साभार
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा