एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’
कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । मृतक ९५ हजार पुगेलगत्तै ट्रम्पले ट्वीट गरेर शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।
मार्च महिनामा प्रान्तहरुमा गभर्नरको आदेश थियो कुन व्यापारिक प्रतिष्ठान वा स्थान कसरी र कति सयसम्म बन्द रहने भनेर । अहिले गभर्नरले नै कहिले र कसरी प्रतिबन्ध खुकुलो गर्ने भन्ने तय गर्छन् । यसमा चर्चमा भेला हुने सीमा पनि समावेश छ ।
यद्यपि अमेरिकी राष्ट्रपतिसमक्ष धेरै शक्ति केन्द्रित गरिएको हुन्छ तर उनी केही नरम खालका छन् । अमेरिकी राष्ट्रपतिले राज्यपाललाई सहमत गराउन सक्छन् चर्च खोल्न निर्देशन दिन सक्दैनन् ।
चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही यस्ता अधिकार छन् जसबाट उनले आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् ।
जस्तै उनले प्रान्तलाई प्राप्त हुने सहायता कटाती गर्न सक्छन् । तर अहिलेसम्म उनीबाट त्यस्तो धम्की आएको छैन । यदि उनले त्यस्तो धम्की दिए भने त्यसबाट राजनीतिक रुपमा उनलाई नै नोक्सान हुनेछ, किनभने राष्ट्रपतिको चुनाव नजिकिँदै छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन