पोखरा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा डिभाइन युथ क्लव नेपाल कास्कीले रक्तदान कार्यक्रम गरेको छ । लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्दै डिभाइन युथ क्लव नेपाल कास्की र श्यामाश्याम सत्संग पोखरा, न्युरोड शाखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटि कास्कीको प्रविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालीका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले रक्तदातालाई ब्लड ब्याग हस्तान्नतरण गरेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष रुद्रनाथ बरालले निरन्तर सामाजिक सेवाका साथसथै अध्यात्ममा समेत क्रियाशिल भएको देख्दा आँफुलाइ अत्यान्यै खुसी लागेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि कास्की सभापती डोलराज पाण्डे, रक्त्तसन्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले पनि क्लवको सेवा कार्यको प्रशंसा गर्दै रकतदातालाई धन्यवाद दिएका थिए ।

स्वामी हरिदासजीबाट गठित डिभाइन युथ क्लव नेपालले लकडाउन अवधिमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम लगायत लकडाउन प्रभावितहरुलाइ राहात वितरणको कार्यलाइ निरन्तरता दिँदै आएको क्लवका क्षेत्रीय कार्यालय पोखरा अध्यक्ष रुद्रलाल कुँवर बताए ।
देशैभर युवाहरुलाइ सामाजिक सेवा र सत्मार्ग तर्फ प्रेरित गर्दै क्लवले कास्कीमा पनि विभिन्न सामाजिक सेवा र अध्यात्मिक जागरणका कार्यहरु सन्चालन गर्दै आएको छ ।

कार्यक्रममा वडाअध्यक्ष सहित नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापती श्री डोलराज पाण्डे पोखरा रक्तसंन्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली डिभाइन युथ क्लव नेपाल क्षेत्रीय कार्यालय पोखराका अध्यक्ष रुद्रलाल कुँवर श्यामाश्याम सत्संग पोखराका कोषाध्यक्ष नारायण बराल लगायतको उपस्थिति रहको थियो ।
सम्बन्धित खबर
निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग
बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने
सिटिजन फर्निचरका कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए १,११,१११
पोखरा १३ का अध्यक्ष बरालले बाँकी कार्यकालको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन