पोखरा । स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
भारतबाट आएर क्वारेन्टाइन बसेका स्याङ्जाका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । वालिङ नगरपालिका -७ का २० र २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले वालिङमा रहेको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । गिरीका अनुसार भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । नगरपालिकाको क्वारेन्टाइनमा ६५ जना छन् ।
क्वारेन्टिनमा रहेका १० जनाको स्वाव संकलन गरी पोखरामा पीसीआर परीक्षण गर्दा दुई जना कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पनि पुष्टि गरेका छन् ।
पीसीआर रिपोर्ट पोजिटिभ आएको खवर पाउने वित्तिकै उनीहरुलाई हाल पुतलीबजारको आइसोलेसन वार्डमा सारिएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै यी दुईसहित नेपालमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।
२ सहित ७ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको
यसैबीच, संक्रमण पुष्टि भएका २ जनालाई सुनौलीबाट वालिङ नगरपालिकाले नै ल्याएको खुलेको छ । दिल्लीबाट सुनौली नाका आएका उनीहरुलाई नगरपालिकाले गाडी नै पठाएर वालिङ ल्याएको थियो । तयसबेला आएका ७ जनामध्ये २ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरुलाई पुतलीबजार स्थित आइसोलेसनमा पठाइएको छ । अन्य पाँच जना भने क्वारेन्टाइनमै छन् । उनीहरुको दोस्रो पटक पीसीआर गरिने तयारी भएको छ ।
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना
योसँगै गण्डकी प्रदेशमा पनि थप २ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ७ पुगेको छ । प्रदेशको बागलुङमा भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २, लमजुङका १ जना बालकको उपचार भइरहेको छ । बालक धादिङ स्थित मामाघर बस्दै आएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’