पोखरा । गण्डकी प्रदेशका मन्त्रीलाई नै उद्दृत गरेर गत चैत २१ गते ‘पोखरामा कोरोना पोजिटिभ रिपोर्ट आयो र थप पुष्टिका लागि उनको थ्रोट स्वाब काठमाण्डौ पठाइयो’ भनेर समाचार सार्वजनिक भयो । तर पछि होइन भनियो । स्वास्थ्य मन्त्रालयले नै रिपोर्ट नेगेटिभ आएको जनायो । त्यसपछि प्रदेश राजधानी पोखरामा परीक्षणका लागि ल्याइएका स्वाब बाहेक कास्की जिल्ला भित्रका कोहि कसैलाई कोरोना पोजिटिभ देखिएको छैन ।
अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभएको कास्की अब भने संक्रमण जिल्लाको सूचीमा चढेको छ । र, कोरोनाको उच्च जोखिममा रहेको शहरमा पोखरा दर्ज भएको छ । किनकि, पोखराबाट तीन दिन अघि बेहोस अवस्थामा उपचारका लागि हेलिकोप्टरबाटै काठमाण्डौ लगिएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि मात्रै पोखरा छाडेकाले उनी कोरोनाबाट यहीं नै संक्रमित भएकोमा अब दुविधा रहेन ।
उनी पोखरा ८ सिर्जनाचोक नजिकै आलुमाइला चोकतिर बस्ने ६० वर्षीय पुरुष हुन् । मंगलबार सबेरै कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको थियो । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने प्रक्रिया मिलाउन दिउँसोसम्म लागेको थियो । त्यसबेलासम्म उनलाई जिएमसीमै राखिएको थियो । उनीसँगै २ जना पनि हेलिकोप्टरमै गएर फर्केका थिए । उनीहरु पनि अहिले होम क्वारेन्टाइनमा बसेका छन् । उनको घर कास्की भने होइन, परिवार पोखरामा थिएनन् । उनी डेरामा एक्लै बस्दै आएका थिए ।
पोखरामा कानुन र शैक्षिक क्षेत्रमा ठूलो योगदान दिइरहेका परिचित व्यक्तित्व उनी बिरामी बन्दासम्म धेरैको सम्पर्कमा रहेकाले पनि संगतमा रहनेहरुकोे ट्रेसिङ गरी पीसीआर टेष्ट गर्न अब सरकारले ढिलाई गर्नुहुन्न । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, स्वास्थ्य निर्देशनालय पोखराले अब विलम्व गर्नुहुन्न ।
प्रदेश स्वास्थ्य निर्देशनालयका एक अधिकारीका अनुसार काठमाण्डौबाट रिपोर्टबारे जानकारी प्राप्त हुने बित्तिकै कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको छ । संक्रमित पुरुषका सम्पर्कमा आएका व्यक्तिहरु, उनलाई उपचार गरिएको अस्पताल, अस्पतालमा भेट्न आउनेहरु, थप उपचारका लागि काठमाण्डौ लगिएको प्रक्रियाबारेमा बुझ्ने काम भएको छ । पोखरामा अहिले कन्ट्याक्ट ट्रेसिङको कार्यलाइ तिब्र पारिएको स्वास्थ्य निर्देशनालय गण्डकीले नै विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

काठमाडौं पुगेलगत्तै नमुना संकलन गरिएकोमा शुक्रबार नै नतिजा पोजेटिभ आएको थियो । सम्पन्न घरानाका उनलाई काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । उनी बेहोस भएर ढलेको, बान्ता देखिएको कारण पनि सुरुमा मेनेन्जाइटिसको आशंका गरिएको थियो तर पछि थ्रोट स्वाब टेस्ट गर्दा कोभिड १९ देखिएको हो ।
उनीसँगै अस्पतालमै उपचाररत अर्का एकमा पनि कोरोना पुष्टि भएको छ । उनी गुल्मीका ७६ वर्षीय बृद्ध हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत कास्की र गुल्मीका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । अस्पतालको नाम भने खुलाएका थिएनन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो