पोखरा । कास्कीमा पनि कोरोना संक्रमण भएको ३ जना व्यक्ति भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमितहरुको जम्मा संख्या ७५ पुगेको छ ।
गण्डकी प्रदेशको कास्की संगै स्याङ्गजा, बागलुङ र नवलपुर जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेशमा शनिबार बिहान काेराेनाका १७ संक्रमित पुष्टि भएका छन् ।
स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
कास्कीको पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाका वर्ष २३ र ३२ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङजाको वालिङ नगरपालिका वर्ष १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ का पुरुष त्यस्तै हरिनास गाउँपालिकाका वर्ष १८ र ४० का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाग्लुङको ताराखोला गाउँपालिकाका वर्ष ३९ का एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका वर्ष १८, १९ र २७ का तीन जना पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरु लाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला