नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाबारे प्रकाशन प्रसारण भएका समाचारपछि प्रेस काउन्सिल नेपालले नै सूचना जारी गरेर भन्योः ‘तस्विर, वैयक्तिक विवरण नखोल्नुस् ।’ सरकारको कार्यविधिमै संक्रमित र मृतकको नाम, पूरा पहिचान नखोल्ने भन्ने छ । राष्ट्रिय सूचना आयोगले विज्ञप्ती नै प्रकाशित गरी स्थायी र अस्थायी ठेगाना दुवै सार्वजनिक गर्न मात्र सरकारलाई निर्देशन दिएको थियो ।
त्यसैले संक्रमित र मृतकको बारे समाचार सम्प्रेषण गर्दा ठेगाना र उमेर नै मूख्य हो । तर, आधिकारिक निकायले नै उमेर फरक पारेर एउटै माध्यमबाट विज्ञप्ती जारी गर्छ भने यो भन्दा लापरबाही के हुन सक्छ ?
गण्डकी प्रदेशमा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको सोमबार विज्ञप्तीमार्फत जानकारी गराइयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माको हस्ताक्षर रहेको विज्ञप्तीमा स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्पष्ट छ । जसलाई स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकै आधिकारीक फेसबुक पेज (जसबाटै डा. शर्माले लाइभ अपडेट पनि दिने गरेकाले) मा सोमबार बिहान ७ः०८ मा पोष्ट गरिएको छ ।

त्यसपछि, सोहि फेसबुक पेजबाट मृतकको स्वास्थ्य विवरण सहित एक घण्टापछि ८ः१४ बजे वालिङ वडा नं. ३ समेत थपेर उमेर ५८ वर्ष लेखिएको छ । जुन विज्ञप्ती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निर्देशक डा. अर्जुन आचार्यले जारी गरेका छन् ।

सँगसँगै एकै ठाउँमा रहेका यी दुई सरोकारवाला निकायको दुई फरक विज्ञप्तीले जनमानसमा भ्रम सिर्जना गरेको त प्राप्त कमेन्टहरुमा देखिएकै छन् ।

पत्रकारहरुमा समेत अन्यौल सिर्जना गरेको छ । समाचारमा नाम थर, पूरै ठेगाना खुलाउन नमिल्ने अवस्थामा उमेर समेत २ वर्ष फरक पर्न गएपछि समाचारको विश्वसनियतामाथि नै प्रश्न चिन्ह खडा हुन्छ । उसो त श्रोतको गलत जानकारी र सरोकारवाला पक्षको मान्छे पिच्छेको कुराका कारण पत्रकारले गाली व्यहोर्नुपर्छ । अन्तिममा पत्रकारलाई नै गाली खुवाएर उनीहरु भने पानीमाथि ओभानो हुन खोज्छन् । यी दुई मूख्य सरोकारवाला पक्षबाट नै एकै पेजको माध्यमबाट दुई फरक विज्ञप्ती सार्वजनिक गरिनु लापरबाहीको हद हो ।
डा. अर्जुन आचार्यले भर्ना लिने बेला ६० वर्ष भनेका र पछि आधिकारिकता खोजी गर्ने क्रममा नागरिकता अनुसार ५८ वर्ष थाहा हुन आएकाले ५८ वर्ष कायम गरिएको बताएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
कास्कीका पत्रकारहरु नै आधिकारिक पक्षबाट आएको दुवै विज्ञप्ती दुई थरी भएकोमा अलमलमा परेका थिए । उमेर एकै बनाएर एकै व्यक्ति मृत्युको तेस्रो विज्ञप्ती कहिले आउँछ ? फेसबुक पेज रिफ्रेश गरिरहेका छौं ।


सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’