नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाबारे प्रकाशन प्रसारण भएका समाचारपछि प्रेस काउन्सिल नेपालले नै सूचना जारी गरेर भन्योः ‘तस्विर, वैयक्तिक विवरण नखोल्नुस् ।’ सरकारको कार्यविधिमै संक्रमित र मृतकको नाम, पूरा पहिचान नखोल्ने भन्ने छ । राष्ट्रिय सूचना आयोगले विज्ञप्ती नै प्रकाशित गरी स्थायी र अस्थायी ठेगाना दुवै सार्वजनिक गर्न मात्र सरकारलाई निर्देशन दिएको थियो ।
त्यसैले संक्रमित र मृतकको बारे समाचार सम्प्रेषण गर्दा ठेगाना र उमेर नै मूख्य हो । तर, आधिकारिक निकायले नै उमेर फरक पारेर एउटै माध्यमबाट विज्ञप्ती जारी गर्छ भने यो भन्दा लापरबाही के हुन सक्छ ?
गण्डकी प्रदेशमा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको सोमबार विज्ञप्तीमार्फत जानकारी गराइयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माको हस्ताक्षर रहेको विज्ञप्तीमा स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्पष्ट छ । जसलाई स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकै आधिकारीक फेसबुक पेज (जसबाटै डा. शर्माले लाइभ अपडेट पनि दिने गरेकाले) मा सोमबार बिहान ७ः०८ मा पोष्ट गरिएको छ ।

त्यसपछि, सोहि फेसबुक पेजबाट मृतकको स्वास्थ्य विवरण सहित एक घण्टापछि ८ः१४ बजे वालिङ वडा नं. ३ समेत थपेर उमेर ५८ वर्ष लेखिएको छ । जुन विज्ञप्ती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निर्देशक डा. अर्जुन आचार्यले जारी गरेका छन् ।

सँगसँगै एकै ठाउँमा रहेका यी दुई सरोकारवाला निकायको दुई फरक विज्ञप्तीले जनमानसमा भ्रम सिर्जना गरेको त प्राप्त कमेन्टहरुमा देखिएकै छन् ।

पत्रकारहरुमा समेत अन्यौल सिर्जना गरेको छ । समाचारमा नाम थर, पूरै ठेगाना खुलाउन नमिल्ने अवस्थामा उमेर समेत २ वर्ष फरक पर्न गएपछि समाचारको विश्वसनियतामाथि नै प्रश्न चिन्ह खडा हुन्छ । उसो त श्रोतको गलत जानकारी र सरोकारवाला पक्षको मान्छे पिच्छेको कुराका कारण पत्रकारले गाली व्यहोर्नुपर्छ । अन्तिममा पत्रकारलाई नै गाली खुवाएर उनीहरु भने पानीमाथि ओभानो हुन खोज्छन् । यी दुई मूख्य सरोकारवाला पक्षबाट नै एकै पेजको माध्यमबाट दुई फरक विज्ञप्ती सार्वजनिक गरिनु लापरबाहीको हद हो ।
डा. अर्जुन आचार्यले भर्ना लिने बेला ६० वर्ष भनेका र पछि आधिकारिकता खोजी गर्ने क्रममा नागरिकता अनुसार ५८ वर्ष थाहा हुन आएकाले ५८ वर्ष कायम गरिएको बताएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
कास्कीका पत्रकारहरु नै आधिकारिक पक्षबाट आएको दुवै विज्ञप्ती दुई थरी भएकोमा अलमलमा परेका थिए । उमेर एकै बनाएर एकै व्यक्ति मृत्युको तेस्रो विज्ञप्ती कहिले आउँछ ? फेसबुक पेज रिफ्रेश गरिरहेका छौं ।


सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन