पोखरा । पोखराको मनिपाल अस्पतालमा उपचाररत पर्वतका एक पुरुषमा कोरोना पुष्टि भएको छ । अस्पतालमा उपचाररत कुश्मा नगरपालिकाका- ३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
उनी जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएको खुलेको छ । २ दिनसम्म बेहोस उनको टाउकोको शल्यक्रिया अघि स्वाब संकलन गरेर परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो । २५ गते उनको स्वाब लिइएको र शुक्रवार पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दियो ।
मनिपालको न्युरो आईसीयू बन्द
बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको न्युरो वार्ड बन्द हुने भएको छ । अस्पतालमा कार्यरत दर्जन बढी नर्स, डाक्टरसहित करीब दुई दर्जन स्वास्थ्यकर्मी अस्पतालकै क्वारेन्टिनमा बस्ने भएका छन् । उनीहरुको पनि स्वाब संकलन गरिने भएको छ ।पुरुष रहेकै वार्डमा रहेका ४ अन्य बिरामीको पनि स्वाब कोरोना परीक्षण गरिने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिए
कोरोना संक्रमित ती बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा सारिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोरोनाको डेडिकेटेड अस्पताल तोकेको कारण अन्य स्थानमा फेला परेका संक्रमितलाई पनि अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिन्छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो