सरकारले जेठ ३० गतेसम्म लम्ब्याएको लकडाउन शुक्रबारदेखि खुकुलो बनाएको छ । सार्वजनिक सवारी बन्द नै छ तर निजी सवारी साधनलाई निश्चित मादपण्ड तोकेर खुल्ला गरेको छ ।
मुलुकभरका निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालनमा आएका छन् । शुक्रबार सम्झाई बुझाई गरेपनि शनिबारदेखि भने जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन निगरानी गर्न मातहतका ट्राफिक कार्यालयलाई निर्देशन छ । आफ्नो सवारी नम्बरको अन्तिममा जोर छ भने जोर र बिजोर अंक छ भने बिजोर बुझ्नुपर्ने हुन्छ ।
कास्कीमा पनि पोखरा सहित जिल्लाभार एकैपटक निर्णय कार्यान्वयन गराउँदा सर्वसाधारणलाई मर्का पर्ने भएकाले शुक्रबार सम्झाइ बुझाइ छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । तर, शनिबारदेखि भने निर्देशन अनुसार नै कडाई गरिने उनले बताएका छन् ।
सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनबारे एक दिन जानकारी गराएको र शनिबारदेखि कार्यान्वयनको चरणमा जाने उनले बताए ।
२ पाङ्ग्रे सवारी मोटरसाइकल तथा स्कुटरमा चालक मात्र सवार हुन पाउने मापदण्ड तय भएको छ । यस्तै, निजी गाडीमा चालक र अन्य दुई जना मात्रै एकै पटक सवार गर्न पाउनेछन् । सवारी पास लिएकाको हकमा भने जोर बिजोर लागु नहुने भएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’