सरकारले जेठ ३० गतेसम्म लम्ब्याएको लकडाउन शुक्रबारदेखि खुकुलो बनाएको छ । सार्वजनिक सवारी बन्द नै छ तर निजी सवारी साधनलाई निश्चित मादपण्ड तोकेर खुल्ला गरेको छ ।
मुलुकभरका निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालनमा आएका छन् । शुक्रबार सम्झाई बुझाई गरेपनि शनिबारदेखि भने जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन निगरानी गर्न मातहतका ट्राफिक कार्यालयलाई निर्देशन छ । आफ्नो सवारी नम्बरको अन्तिममा जोर छ भने जोर र बिजोर अंक छ भने बिजोर बुझ्नुपर्ने हुन्छ ।
कास्कीमा पनि पोखरा सहित जिल्लाभार एकैपटक निर्णय कार्यान्वयन गराउँदा सर्वसाधारणलाई मर्का पर्ने भएकाले शुक्रबार सम्झाइ बुझाइ छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । तर, शनिबारदेखि भने निर्देशन अनुसार नै कडाई गरिने उनले बताएका छन् ।
सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनबारे एक दिन जानकारी गराएको र शनिबारदेखि कार्यान्वयनको चरणमा जाने उनले बताए ।
२ पाङ्ग्रे सवारी मोटरसाइकल तथा स्कुटरमा चालक मात्र सवार हुन पाउने मापदण्ड तय भएको छ । यस्तै, निजी गाडीमा चालक र अन्य दुई जना मात्रै एकै पटक सवार गर्न पाउनेछन् । सवारी पास लिएकाको हकमा भने जोर बिजोर लागु नहुने भएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन