सोमबार मात्र समापन भएको पोखरा महोत्सव र औद्योगिक व्यापार मेलामा ज्योति मगर खुब घन्किईन् । उनका भिडियोहरुलाई युट्युबमा १८+ भन्दै अपलोड गरियो । ज्योति स्टेज चढेमा म कार्यक्रम नै छाडेर हिँड्छु भन्दै युट्युबमा अन्तर्वार्ता दिएका अग्रज गायक प्रजापति पराजुली आफै ज्योति मगरको लाईनमा उभिएर अश्लिलतालाई बढावा दिए ।
उनको डिमाण्ड देश देखि विदेशसम्म छ । युट्युबेहरुका मसला बन्ने कारण उनका भ्युअर बढी भएर पनि हो, जसरी फाईदा हुन्छ युट्युबले उसै गर्ने नै भए । आयोजकहरु पनि दर्शक तान्न हानथाप गर्छन् । मन लागुन्जेल ज्योति मगर, चन्दा दाहाल, लक्ष्मी, सरस्वती नामका विकृत र अश्लिल हाउभाउमा प्रस्तुत हुने कलाकार नामधारीलाई हेर्ने अनि कमेन्टमा मनलाग्दी ओकल्नेहरु पनि उत्तिकै जिम्मेवार छन् । ज्योति मगरलाई नै निषेध गरेर लेखनाथ महोत्सवले भनेएक कदम अघि बढाएको छ।
कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योति मगरलाई निषेध गर्ने भएको छ। लेखनाथको डाँडाको नाकमा माघ ११ गतेदेखि २२ गते सम्म हुने १४ औं संस्करणको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले ज्योति मगरलाई निषेध गरेको बताएका हुन्।
उत्ताउलो पहिरनमा प्रस्तुत हुने ज्योती मगर जस्तालाई निषेध गरिने जानकारी दिइयो। विकृति फैलाउने कलाकारलाई प्रवेश नदिने भन्ने वित्तिकै पत्रकारले ज्योती मगरका बारेमा प्र्श्न सोधे। जवाफमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यसो भने – ‘ज्योती मगर जस्ता कलाकारलाई प्रवेश दिदैनौ।’
‘ज्योति मगरको प्रस्तुतिले लोकसंस्कृतिमै विकृति ल्यायो’ संघका अध्यक्ष कृष्णहरि भण्डारीले भने ‘यस्ता कलाकारलाई प्रोत्साहन गर्दा झन विकृति फैलिन सक्छ। मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृती फैलाउने कलाकारलाई निषेध गरेको उनले जानकारी दिए ।
आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने छन्।
सांस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तरर्गत पहिलो पटक एकल नृत्य विधामा गण्डकी तारालाई निरन्तरता दिइने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए । महोत्सवमा करिब एक करोड आम्दानी र खर्च ८० देखि ८५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
संघका उपमहासचिव एवम् प्रचारप्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाका बचतको १५ देखि २० लाख रुपैयाँ सामाजिक सामाजिक क्षेत्रकालागी खर्च गरीने छ । महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकको छ।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’