गण्डक न्युज पोखरा, ९ माघ । पोखराको न्यूरोडमा ‘फूड ब्याङ्क’ नामक रेस्टुरेन्टको सुभारम्भ भएको छ । पोखरा लेखनाथ महानगरपालिका कार्यालय विपरित साइड थोरै माथि सबैखाले ग्राहकहरुलाई लक्षित गर्दै रेस्टुरेन्ट खोलिएको छ ।
भर्खरै कलेजमा अध्ययनरत युवा सोशिभ भुर्तेलले स्वरोजगार बन्दै अरुलाई पनि रोजगारी दिन सक्षम भएका छन् । पहिलो चरणमा यो रेस्टुरेन्ट संचालनमा ल्याउनका लागि २८ लाख रुपैयाँ लगानी रहेको यसका संचालक भुर्तेलले जानकारी दिए ।

‘नेपालमै केहि गर्न सकिन्छ र युवापुस्ताले यहिँ रहेरै कमाउनुपर्छ भन्ने सोँचसहित मैले रेस्टुरेन्ट संचालनमा ल्याएको हुँ ।’ उनले भने- ‘रेस्टुरेन्टमा ५ जनालाई रोजगारी समेत दिएको छु । मेरै उमेरका बरालिने साथीहरु समेत छन् । म केहि गर्न सकिन्छ कि भनेर लागेको छु ।’

होटल म्यानेजमेन्ट पढेका सोशिभले रेस्टुरेन्टमा आउने ग्राहकलाई आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् । त्यसका साथै ग्राहकहरुले फूड ब्याङ्कमा आएर आफ्नो स्वाद अनुसारको खाजा अर्डर गर्न सक्नेछन् । साथै, होम डेलिभरीको सुविधा समेत रहेको छ । झोल मःम विशेष परिकार हो ।

रेस्टुरेन्ट एण्ड बार एशोसियसन कास्कीका संस्थापक अध्यक्ष चिरञ्जिवि श्रेष्ठले एक विशेष समारोहका बीच रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गरेका थिए उनले रेस्टुरेन्ट व्यवसायमा युवाहरुको आकर्षण हुनु निकै प्रशंसनीय रहेको बताए । उनले यो व्यवसायमा चुनौती रहेपनि निकै सम्भावना पनि रहेको बताए ।

रेस्टुरेन्टका संचालकले सुभारम्भको अवसर पारेर ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ । माघ १३ गतेसम्म विशेष छुट रहनेछ ।
http://www.facebook.com/foodbankrestro
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?