पोखरा । गण्डकी प्रदेशका पाँच जिल्लामा आइतबार दिउँसो नयाँ १९ संक्रमित फेला परेका छन् । कास्कीमा २, स्याङ्जामा १०, नवलपुरमा १, बाग्लुङमा ५, र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५२३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुष र मादी गाउँपालिकाका १९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा त्यस्तै गल्याङ नगरपालिकाकाको ३ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै नवलपुरको गैडाकोट नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बाग्लुङको गल्कोट नगरपालिकामा ३ जना पुरुष, बडिगाड गाउँपालिकामा १ जना पुरुष र जैमिनी नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका छन् ।
त्यस्तै तनहुको व्यास नगरपालिकाका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसंगै तनहुँमा संक्रमितको संख्या ७२ जना पुगेको छ ।
उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
आज(आइतबार) बिहान मात्रै गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका थिए ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
सुरक्षा पालुवाको १८ औं स्थापना दिवसमा भवन उद्घाटन एवम् रक्तदान
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, ३ बजेपछि प्रदेश सभा बैठक
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग