पोखरा । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्दा पोखरामा झडप भएको छ । पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो । उनकै शव व्यवस्थापनको गर्न लागेको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो ।
गण्डकीमा कोरोना संक्रमणले मृत्यु भएका दोस्रो व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका हुन् । स्थानीयले अवरोध गरे पनि नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ ।
शव व्यवस्थापन गर्न नदिन स्थानीयले टायर बालेर बाटो अवरुद्ध गरेका थिए । संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।
स्थानीयलाई प्रहरीले तितरबितर पारेपछि सेनाले शव व्यवस्थापन गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले स्थानीय अवरोध गरेपछि सामान्य झडप भएको बताए ।
झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।
यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सिमानामा व्यवस्थापन गरिएको थियो ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु