थप ४३४ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमित ११ हजार १६२ पुगे

थप ४३४ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमित ११ हजार १६२ पुगे

corona

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए ।

हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन् ।

बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् ।

बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ