पोखरा । पोखराका ३ जनासहित गण्डकी प्रदेशका थप १२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या १ हजार ६ पुगेको छ ।
पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।
पोखरामा थपिएका संक्रमितमध्ये तीनै जना पुरुष भएको निर्देशनालयले जनाएको छ । यस्तै, लमजुङकोे राइनाशका २७ वर्षिय पुरुष, सुन्दरबजारका ५५ वर्षिय पुरुष, दुधपोखरीका दुई पुरुष, बेशींसहरका दुई पुरुष, क्होलासोथरका १ पुरुष रहेका छन् ।
यसैगरि, लमजुङमै कार्यरत रहेका कोल्हवी नगरपालिका बारा घर भएका एक महिला र एक पुरुष तथा लमजुङमै कार्यरत भानु नगरपालिका तनहुँ घर भएका एक पुरुष रहेका छन् ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिकामा एक पुरुष संक्रमित फेला परेका छन् ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १२ जना संक्रमित रहेको छ भने २ जना बागमती प्रदेशको रहेका छ्न । सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निको हुनेको संख्या २ सय ८७ पुग्यो
यसैगरी बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरि मंगलबार ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फर्किएका छ्न । योसंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २ सय ८७ जना पुगेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो