अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा ठूलो जनधनको क्षति भएको छ । पोखरा महानगरपालिकामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पाँचजना, वडा नम्बर– २५ हेम्जामा एकजना र वडा नम्बर– २६ पैतेडाँडामा एकजनाको मृत्यु भएको हो ।
सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनका परिवारका तीन जना र पाहुना दुई जना गरी पाँच जनाको मृत्यु भएको हो । ५० वर्षीय टंकबहादुर, उनकी ४५ वर्षकी श्रीमती सोममाया, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान र छिमेकी ११ वर्षीया इशिका थापा र टंकबहादुरकी साली सरस्वती श्रेष्ठका छोरा आठ वर्षका शीतल श्रेष्ठको मृत्यु भएको छ ।
घटनामा टंक थापाकी छोरी २२ बर्षकी पिंकी थापाको दुवै खुट्टा भाँचिएको छ भने १८ बर्षकी छोरी आशा थापा घाइते छिन । त्यस्तै पिंकी थापाकी छोरी ५ बर्षीया पिरिशा थापा, दमौली घर भएकी २८ बर्षीया साली सरस्वती थापा, छिमेकी १९ बर्षीय अनिश तामाङ, छिमेकी बर्ष १९ को रशि थापा, बर्ष १९ कै रश्मी थापा पनि घाइते छन् । पिंकीकोे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मा र अन्यको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घरमा जन्मदिन मनाउने कार्यक्रम भएकाले टंकबहादुरको घरमा आफन्त र छिमेकी पनि जम्मा भएका थिए ।
पैतेडाँडामा सुनारको मृत्यु, श्रीमतीले उठाउँदा उठेनन्
पोखरा महानगरको वडा नम्बर २६ पैतेको डाँडामा गएको पहिरोमा परी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । दुर्गाबहादुरका श्रीमती र छोराछोरीको भने सकुशल उद्धार भएको छ ।
बिहीबार राति घर पहिरोमा पुरिँदा घरका अन्य सदस्य भाग्न सफल भएपनि सुनार पहिरोको चपेटामा परेका हुन् । ‘घटनाको समयमा घरमा ४ जना रहेको र पहिरो आएको थाहा पाएपछि अरु भागेपनि सुनार नभाग्दा ज्यान गुमाउनुपरेको स्थानीयले जनाएका छन् ।
शुक्रबार बिहान झन्डै ७ बजे श्रीमती उठेर सुनारलाई पहिरो आउलाजस्तो छ बाहिर जाम् हिँड्नुस् भनेकी थिइन् । तर उनी उठेनन् । उनी निद्रामै भएकाले पहिरोले पुरिएको अनुमान छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी टोलीले घटनाको २ घन्टापछि उनको पुरिएको अवस्थाबाट मृत अवस्थामा बाहिर निकालेको थियो ।
२ वर्ष अघि पनि सोही ठाउँमा पहिरो जाँदा ४ जनाले ज्यान गुमाएका थिए । पैतेडाँडा भिरालो जमिन भएकाले पहिरोको जोखिम बढी छ । अझै पनि अन्य घरपरिवार पहिरोको उच्च जोखिममा छन् । जोखिममा परेकालाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको स्थानीयले जनाएका छन् ।

हेम्जामा बृद्धाको मृत्यु
पोखरा महानगरपालिकाकै वडा नम्बर २५ हेमजा मेलबोटमा पहिरोमा परी ७० वर्षीया हिमकली अधिकारीको मृत्यु भएको छ । उक्त स्थानमा सात घर पहिरोको उच्च जोखिममा रहेकाले ती घरका मानिसलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । हिमकलीका छोरा ३२ वर्षीय रामचन्द्र अधिकारी र बुहारी दीपा अधिकारी भने अर्को घरमा सुतेकाले सुरक्षित रहेको कास्की प्रहरीले बताएको छ ।
राति करिब साढे १ बजेको समयमा पहिरो गएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेर ७ जनालाई सकुशल उद्धार गर्न सफल भएको कास्की प्रहरीले जनाएको छ । तीन वटा बाख्रा पनि पुरिएका छन्।
सिमलटुँडामा दुई घाइते
वडा नम्बर १७ सिमलटुँडाका ६० वर्षीय चन्द्रबहादुर मगर घर पहिरोले भत्काउँदा चन्द्रबहादुरसहित उनका ५० वर्षीय श्रीमती शान्ति र १० वर्षका छोरा सुशान घाइते भएका छन् । उनीहरूको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा उपमहानगरपालिका ५ मालेपाटनको सुकुम्वासी बस्तीमा बस्दै आएका २ जना पनि घाइते भएका छन्। अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प