तनहुँ । तनहुँका ४ जनासहित गण्डकी प्रदेशका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँका ४ जना संगै गण्डकी प्रदेशको म्याग्दीका २ जना, स्याङजाका ३ जना, बागलुङका ३ जना र कास्कीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दिपुर गाउँपालिकाका १९ र १६ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाका ३३ वर्षीय पुरुष गरी ४ जनामा काेराेना पुष्टि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १५३ जना पुगेको छ भने निको हुनेको संख्या १०० जना पुगेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ५३ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २१ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ११ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना, भिमाद नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या १०० जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ९ जना, भानु नगरपालिकाका ५ जना, शुक्लागण्डकी नगरपालिकाका ७ जना, ऋषिङ गाउँपालिकाका ३० जना, घिरिङ गाउँपालिकाका २४ जना, आँबुखैरेनी गाउँपालिकाका ४ जना र म्याग्दे गाउँपालिका ६ जना, बन्दिपुर गाउँपालिकाका ११ जना र भिमाद नगरपालिकाका ४ जना गरी १०० जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० वर्षीय पुरुष र अन्नपुर्ण गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी स्याङजाको चापाकोट नगरपालिकाका २९ वर्षीय पुरुष, वालिङ नगरपालिकाका २० वर्षीय पुरुष र कालीगण्डकी गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै बाग्लुङको वडीगाड गाउँपालिकाका २८ वर्षीय पुरुष, गल्कोट नगरपालिकाको २५ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसगरी पोखरा महानगरपालिकाका ८९ र २५ पुरुषका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
शुक्रबार क्षयरोग उपचार केन्द्र पोखरामा २६७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा २३९ नमुनाहरु परीक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो पनि…
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी