तनहुँ । तनहुँको भानु नगरपालिकाले असार २९ गते भानु जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय छ । भानु जयन्ती मनाउनको लागि बिदा दिने निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए ।
नगरपालिकाले गतवर्ष पनि भानु जयन्तीका दिन नगरपालिका क्षेत्रभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।
तनहुँको भानु नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था गरेको छ ।
गत असार १ गतेदेखि उनीहरूलाई अनिवार्य रुपमा बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
भानुभक्तकै नामबाट स्थापित भानु नगरपालिकाले भानुभक्तको सम्झना गराउने उद्देश्यले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको हो ।
भानु जन्मस्थल समितिविहीन
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पुर्याउने उद्देश्यले गठित भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन बनेको छ । स्थानीय तहहरू गठन भएपछि सो संस्था समितिविहीन बनेको हो ।
यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनयन गर्दैआएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले गर्ने काम हेरिरहेको बताइएको छ ।
नेपाल सरकारसँग समिति गठनका लागि पहिल भइरहेपनि सो पूरा हुन नसकेको भानु नगरपालिका वडा नं. ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?