किरण श्रेष्ठ, तनहुँ । रातिदेखी परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा २ जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन । त्यस्तै व्यास-९ माझफाटको पहिरोमा परी ५ जना बेपत्ता भएका छन ।
म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको म्याग्दे-६ का वडाअध्यक्ष बसन थापाले जानकारी दिए । ‘पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएछन्’, वडाध्यक्ष थापाले भने, ‘भाग्न नपाउदै पुरिएर एक जनाको ज्यान गयो ।’
यस्तै, म्याग्दे खोलाले तुरतुरेमा एक घर बगाएको छ । जनजागृती मोटरमार्गको मोटरेवल पुल पनि भासिएको छ । त्यस्तै म्याग्दे–७ घुम्तीमा म्याग्दे र स्याङदे खोलाले त्यहाँका घरहरु डुबानमा परेका छन् भने एउटा मोटरेवल पुल जोखिममा छ । कजवे बगाएको स्थानियले बताएका छन् ।
यसैगरी, व्यास नगरपालिका-९ माझफाटमा पहिरोले पुरिएर एक जना ७० वर्षीया बृद्धाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको व्यास-९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए ।
त्यस्तै सोही स्थानका अन्य ५ जना भने बेपत्ता रहेको र खोजी हुँदै गरेको वडाअध्यक्ष थापाले बताए । उनले भने ‘दुई वटा घरमा क्षति पुगेको भन्ने खबर आएको छ, म घटनास्थल तिर जादै छु ।’
ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।
पहिरोमा परी घाईते एक जनाको उद्धार गरि उपचारको लागि भिमादतर्फ ल्याइदै छ । राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आनबहादुर थापाको घर बगाएको हो । पहिरोमा परि उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको ऋषिङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक क्षेत्रबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार आन बहादुरका अन्दाजी ३० वर्षका छोरा भेष बहादुर, ३० वर्षिय बुहारी नानुमाया र पाँच वर्षकी नातिनी अमिसासंगै अर्का छोरा २२ बर्षका महादेव र बुहारी मनिसा पनि बेपत्ता भएका छन् । घाइते आन बहादुरकी श्रीमती ५८ बर्षिया ज्योतीलाई उचपारको लागि भिमादतर्फ ल्याईदै छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजीको लागि जेसीभी मगाइएको प्रहरी नायव निरिक्षक थापाले जानकारी दिए । ‘घर कहाँनिर थियो भन्ने पनि एकनि गर्न सकिन अवस्था छैन्’, उनले भने, ‘जनप्रतिनिधीसंगै स्थानीयको सहयोगमा खोजी भईरहेको छ ।’
ठाउँ ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध हुदा उद्धारमा समेत समस्या भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रृंग पथको एक दर्जन बढि स्थानमा पहिरो खसेको उनले बताए । भिमादबाट मालेवगरतर्फ जाने बुडुवा खोलामाथिको मोटरेबल पुल समेत जोखिममा रहेको छ ।
शुक्लागण्डकी नगरपालिका ११ जरेबरमा बर खोलाले काठे पुल बगाएको छ ।
भिमाद नगरपालिका ८ जोड्ने उक्त पुल बगाएपछि खोला वारपार गर्न समस्या हुने भएको छ । खोलाले जरेबरको बस्तीतर्फ नदी कटान रोक्न हालिएको जाली ग्याबिन समेत बगाउँदा १० घर जोखिममा परेको स्थानियले जानकारी दिएका छन् ।
त्यस्तै, पृथ्वी राजमार्ग सहित अन्य सडक समेत पहिरोले गर्दा अवरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । खोला र नदिमा पानीको बहाब बढेको छ । तनहुँको सेती, मादी, बुल्दी, चुदी लगाएतमा पानी अहिलेसम्म कै उच्च भएको बताइएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’