तनहुँ । तनहुँको दमौली बजार नजिकै रहेकोे बुल्दी खोला आइतबार रातिदेखि आएको अविरल वर्षाका कारण उर्लिएको छ ।
केही दिन अघि पनि बुल्दी खोला उर्लिएको थियो तर त्यतीबेला क्षति भएको थिएन । तर सोमबार भने आइतबार रातिदेखिको वर्षाको प्रभाव स्पष्ट देख्न सकिन्थ्यो ।

व्यास-१ स्थित करङकाठ, सिमलटार, तालघरे लगाएतको स्थानका घर लगाएत अन्य संरचनाहरु डुबानमा परेको थियो ।
त्यस्तै व्यास-१ को करङकाठमा रहेको फुटसल समेत खोलाले डुबाएको थियो । त्यस्तै विभिन्न स्थानका फर्निचर र अन्य घर तथा टहरा डुबाएको थियो ।

विभिन्न स्थानमा बुल्दी खोलामाथि बनाईएको कजवेहरुमा समेत क्षति पुर्याएको छ ।
खोलाले आफ्नो पुरानो बाटो लिएको स्थानीयहरु बताउछन । खोला बस्तीमा होइन मान्छेले खोला मिचेर संरचना बनाउदा खोलाले आफ्नै बाटो लिएको स्थानीयको भनाई छ ।

त्यस्तै खोला छेउमा रहेको विद्युतको पोल समेत ढलेका थिए । सोही कारणले दमौली र आसपासका स्थानमा सोमबार दिनभर जसो विद्युत अवरुद्ध भएको थियो ।
तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।

त्यस्तै २ जना बेपत्ता रहेका छन । अन्य २ जना घाइतेको भने पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हेर्नुस तस्बिरमा…










तस्बिर : सामाजिक संजाल
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन