पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी बुधबार बलात्कार आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय, लामापाटन, पोखरामा कार्यरत एसएसपी अधिकारीलाई बलात्कारको आरोप लागेको हो ।
शिक्षालयका प्रमुख एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने ३० वर्षीया महिलालाई आफ्नै क्वार्टरमा बोलाएर बलात्कार गरेको भन्दै उजुरी परेपछि कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।
ती महिला बिहान नै भरतपुरबाट आएकी थिइन् । पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर लठ्याउने औषधि खुवाएर जबर्जस्ती करणी गरेको भन्ने युवतीको आरोप छ ।
घटनालगत्तै पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गरएपछि कास्की प्रहरी टोली लामापाटन पुगेको थियो । तर टोली पुग्दा एसएसपी अधिकारी भेटिएन । केहीबेर फरार रहेपनि केहि छिनपछि झाडीभित्र लुकिरहेको अवस्थामा प्रहरीले भेटेको थियो ।
अधिकारीको मंगलबार मात्र शसस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा सरुवा भएको थियो। उनी एक वर्षयता लामापाटनमा थिए । अधिकारी स्याङ्जाका हुन् । संगठनका वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र, लामापाटन पुगेका थिए ।
– अद्यावधिक गरिएको । अपडेट समाचार पढ्न तलको लिन्क क्लिक
महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु