पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी बुधबार बलात्कार आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय, लामापाटन, पोखरामा कार्यरत एसएसपी अधिकारीलाई बलात्कारको आरोप लागेको हो ।
शिक्षालयका प्रमुख एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने ३० वर्षीया महिलालाई आफ्नै क्वार्टरमा बोलाएर बलात्कार गरेको भन्दै उजुरी परेपछि कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।
ती महिला बिहान नै भरतपुरबाट आएकी थिइन् । पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर लठ्याउने औषधि खुवाएर जबर्जस्ती करणी गरेको भन्ने युवतीको आरोप छ ।
घटनालगत्तै पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गरएपछि कास्की प्रहरी टोली लामापाटन पुगेको थियो । तर टोली पुग्दा एसएसपी अधिकारी भेटिएन । केहीबेर फरार रहेपनि केहि छिनपछि झाडीभित्र लुकिरहेको अवस्थामा प्रहरीले भेटेको थियो ।
अधिकारीको मंगलबार मात्र शसस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा सरुवा भएको थियो। उनी एक वर्षयता लामापाटनमा थिए । अधिकारी स्याङ्जाका हुन् । संगठनका वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र, लामापाटन पुगेका थिए ।
– अद्यावधिक गरिएको । अपडेट समाचार पढ्न तलको लिन्क क्लिक
महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’