कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित खोराकोमुख, पाखा भन्ने ठाउँमा पहिरो जाँदा एकै परिवारका ३ जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घर पछाडिबाट पहिरो खस्दा बिकका तीन नातिनातिनीको मृत्यु भएको हो ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल बिक, १६ वर्षीया रोजिना बिक र १४ वर्षीय समीर बिक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरु सुतेको कोठामाथि पहिरो खसेको थियो । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको हो ।
मृतक ३ बालबालिका प्रेम बिकका ३ छोराका छोराछोरी हुन् । कुशल माइला छोराका छोरा हुन् । रोजिना जेठो छोराकी छोरी हुन् भने समिर कान्छा छोराका छोरा हुन् । माइला छोरा हेम्जामा बस्छन् । कान्छी बुहारी समिर घरमा छाडेर अर्को बच्चाका साथ माइत गएकी छन् ।
राति घरमा ६ जना सुतिरहेको अवस्थामा पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकालिसकेको छ । वडा प्रहरी कार्यालय बगरबाट इन्स्पेक्टर मुक्तिनाथ सापकोटाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ गएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो