पोखरा, १ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले छुट्टै कोरोना उपचार केन्द्रको व्यवस्था गरेको छ । अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा अन्य विरामीमा त्रास सृजना भएको भन्दै अस्पतालले कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्र व्यवस्था गरेको हो ।
४० जना कोरोना संक्रमितको उपचार गर्ने क्षमताको उपचार केन्द्र संचालनमा ल्याइएको छ ।अस्पतालमा कोरोना संक्रमितको उपचार गरिएपछि अन्य विरामी उपचारका लागि जान छाडेका थिए । ‘अब डराउनु पर्दैन, निर्धक्क उपचार सेवाका लागि अस्पतालमा आउन सक्नुहुन्छ, अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने, कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्रको व्यवस्था भएको छ ।’
अस्पतालबाट छुट्टै राखिएको उपचार केन्द्रको प्रवेशद्वार पनि अलग छ । उपचारमा खटिने स्वास्थ्यकर्मीको टोली पनि छुट्टै छ । आइसियु, अप्रेशन र प्रसुती सेवा सहितको उपचार केन्द्रका लागि १२ जना स्वास्थ्यकर्मीको टोली रहेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा सूचिकृत गरेपछि प्रिआइसोलेशन र आइसोलेशन वार्ड निर्माण गरी सेवा दिदै आएको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो