रञ्जन अधिकारी, पोखरा । दुई वर्ष अघि सुपरहिट गीत लौरी हरायो टोली गत वर्ष सुहायो चौपट्टै भन्दै आएकोमा यो वर्ष दुई बिसेले छोयो भन्दै पीरमा डुबेका छन् । दुई बिसे अर्थात् ४० वर्ष पुगियो भन्दै यो उमेरमा उत्पन्न शारीरिक तथा मानसिक समस्यालाई गीतमा हँस्यौली पारामा प्रस्तुत गरिएको छ ।
लौरी हरायो भाग ३ भन्दै ल्याएको यो गीत पनि लौरी हरायो, छाता हरायो जस्तै सुपरहिट हुनेमा कुनै शंका छैन । लोकप्रिय एवं सर्वाधिक व्यस्त गायिका देवी घर्ती मगरको आफ्नै च्यानलमार्फत भर्खरै ४ बजे भिडियो अपलोड गरिएको छ ।
तीज गीत सम्राट भनेर चिनिने चर्चित गायक पशुपति शर्मा र प्रिय गायक राजु ढकासँग गायिका घर्तीले स्वर मिसाएकी छिन् । रविन लामिछाने, प्रकाश पराजुली, रुपा सिञ्जाली मगर र प्रेमा रानामगरले पनि साथ दिएका छन् । शब्द, भाका दुवै पशुपति शर्माको हो । बुढ्यौली उमेरतिर ढल्केकोमा आ आफ्ना समस्या एकपछि अर्को गरी प्रस्तुत गर्दा दर्शकहरुलाई समेत रमाइलो महसुस हुन्छ । डोलराज बाह्रघरे मगरको एरेन्ज र सुमन रानाले रेकर्ड गरेको गीत मारुनीका कुमार रानाले मिक्सिङ गरेका हुन् ।
भिडियो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेको गीतका कोरियोग्राफ रिता तामाङले गरेका हुन् । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । श्याम मल्लले मेकअप गरिदिएका छन् । प्रकाश धमाला, भोज तामाङ र प्रकाश मगरले पनि सहयोग गरेका छन् । एडभेञ्जर इन्टरटेनमेन्टले भिडियोको जिम्मा लिएको हो ।
यसअघिका प्रस्तुति
लौरी हरायो १ छाता हरायो
लौरी हरायो २ सुहायो चौपट्टै
सम्बन्धित खबर
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]
‘म त हजुर हङकङको लाहुरे’लाई माया बढ्दै [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग